Janakpurdham
Tue, Sep 22, 2026
`

पत्रकारिता क्षेत्रको सुधारका लागि सरकारको सहयोग रहन्छ : उपप्रधानमन्त्री खड्का

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, माघ १३ : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रको व्यावहारिक र नीतिगत सुधारका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ।    
पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’ को आज विमोचन गर्दै उनले पत्रकारिता क्षेत्रले नागरिक सचेतना अभिवृद्धि, सार्वजनिक सेवा प्रवाहमा सुदृढीकरण र मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा पैरवी गर्दै महत्वपूर्ण उपलब्धि हासिल गर्न योगदान दिएको बताए।    
उपप्रधानमन्त्री खड्काले भने, 'पत्रकारितालाई सही गोरेटोमा हिँडाउन सक्नुपर्दछ, त्यसका लागि हामी सबैको सामूहिक दायित्व पनि हो, पत्रकारिता क्षेत्रमा व्यावहारिक र संस्थागत सुधारका लागि थुप्रै काम गर्नुपर्ने आवश्यकता छ, यसका लागि नीतिगत र संरचनागत सुधारका सम्बन्धमा सरकारबाट सधैँ साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु।'    
उनले नेपालको पत्रकारिता क्षेत्रलाई संस्थागत विकास र उच्च व्यावसायिक अभ्यास गराउने मूल दायित्व नेपाल पत्रकार महासङ्घको भूमिका अग्रणी र महत्वपूर्ण रहेको भन्दै यसका लागि सरकारले पनि आवश्यक सहयोग गर्ने बताए।
     
उपप्रधानमन्त्री खड्काले जहानियाँ राणाशासनकालदेखि सुरु भएको नेपाली पत्रकारिताले राणाशासनविरुद्ध जागरण ल्याउनुका साथै, एकदलीय पञ्चायतविरुद्धको अभियान हुँदै बहुदलीय प्रजातन्त्र स्थापना तथा हालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका साथै विकास र समृद्धिको यात्रामा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे।    
उनले भने, 'पत्रकारिता आवाजविहीनको आवाज एवं समाजको ऐना भएकाले लोकतन्त्रलाई समुन्नत र नागरिकलाई सुसूचित गराउने सन्दर्भमा यसको महत्वपूर्ण भूमिका छ र यो आगामी दिनमा पनि कायम रहन्छ भन्ने मेरो विश्वास छ।'    
उनले राज्यका अन्य क्षेत्रजस्तै पत्रकारिता क्षेत्रको पनि आफ्नै मूल्य, मान्यता, सिद्धान्त र आदर्श छवि हुने उल्लेख गर्दै यसले नागरिकको भरोसा अभिवृद्धिमा सहयोगसिद्ध हुनुपर्ने धारणा राखे। 'यदाकदा पत्रकारिता क्षेत्रमासमेत अरु क्षेत्रको जस्तै कमीकमजोरी देखिने गरेको छ, पत्रकारले सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार प्रवाह गर्ने मूल दायित्वबाट विचलित नभई  न्यायका पक्षमा सतिसालजस्तो उभिनुपर्छ', उपप्रधानमन्त्री खड्काले भने।    
उपप्रधानमन्त्री खड्काले फल्स फ्रन्ट पेज पुस्तकले सञ्चार क्षेत्रको विश्लेषण, घटनाक्रम, सत्यता, आवेग, अर्कै नियतबाट गरिने राजनीति, कुनै घटनाक्रमलाई राजनीतिक उद्देश्यबाट गरिने प्रवृत्तिलगायत सवाललाई उल्लेख गरेको पुस्तक समाजको तमाम विषयको एक ऐनाका रुपमा रहेको उल्लेख गरे। उनले व्यावसायिकरुपमा देखिएको गलत अभ्यासबाट सच्चिएर जिम्मेवार पत्रकारिताको विकास गर्न पुस्तक सहयोगसिद्ध हुने बताए। 

साभार : काठमाडौं प्रेस

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

22 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

22 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

3 दिन पहिले