सभामुख कप : महोत्तरीको सहज जित
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, माघ १३ गते । प्रथम सभामुख क्रिकेट कप–२०८० सुरु भएको छ । मधेश प्रदेशसभाको छैठौं वार्षिकोत्सवको अवसरमा शनिबारदेखि क्रिकेट कप जनकपुरधाममा सुरु भएको हो ।
जनकपुरधाम उपमहानगरपालिका १४ रजौलस्थित रामजानकी बहुउद्देश्य अन्तराष्ट्रिय रंगशालामा शनिबार महोत्तरी र सर्लाही बीच उद्घाटन खेल भएको थियो । पहिलो खेलमा महोत्तरीले सहज जित हात पारेको छ । टस जितेर महोत्तरी टिम ब्याटिङको लागि सर्लाही टिमलाई निम्तिआएका थिए । सर्लाही टिम ३३ ओभर ४ बलमा सबै विकेट गुमाएर एक सय ३७ रनको लक्ष्य महोत्तरी टिम समक्ष प्रस्तुत गरेका थिए ।
सर्लाहीका लागि ब्याटिङ गरेका अली हसनले सार्वधिक ६८ बलमा ३८ र विवेक ठाकुरले २७ बलमा २४ रन बनाए । हसनले टिमको स्कोर उच्च बनाउन बढी समय क्रिचमा रहेर कडा संघर्ष गरेका थिए । सर्लाहीकै लागि ब्याटिङ गरेका आशुतोष यादवले १४ र सुधिर चौधरीले १५ रन बनाए । सर्लाहीका अन्य ब्याटस म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
महोत्तरीका लागि बलिङ गरेका नितेश कुमार यादवले पाँच ओभरमा २७ रन खर्चेर तीन विकेट र रवि कुमार सिंहले सात ओभरमा २२ रन खर्चेर दुई विकेट लिए । महोत्तरीकै लागि बलिङ गरेका रमेश कुमार सहनी, विनोद सहनी र निरज कुमार यादवले समान एक÷एक विकेट लिए ।
एक सय ३७ रनको लक्ष्य पञ्छयाएका महोत्तरी टिम २८ ओभर चार बलमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरे । महोत्तरीका लागि नविन कुमार यादवले सार्वधिक नटआउट ४९ बलमा ४२ रन र सौरभ नागवंशीले ४१ बलमा ३० रनको योगदान दिए । नविन महोत्तरीका लागि उत्कृष्ट ब्याटिङ गरेका थिए ।
सर्लाहीका लागि बलिङ गरेका नवल किसोर राम र निरज यादवले दुई÷दुई विकेट लिए । विवेक चौधीरी र अली हसनले पनि एक÷एक विकेट लिए । यस खेलको म्यान अफ दी म्याच महोत्तरीका नविन कुमार यादव घोषित भएका थिए । आइतबार पर्सा र सिरहाबीच खेल हुने आयोजक संस्थाले जनाएको छ । कप नकआउट प्रणालीमा भइरहेको छ । आइसीसीको मान्यता अनुसार भइरहेको कप अन्तरगत प्रत्येक खेल ४० ओभरको गराउने तयारी छ ।
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
15 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
16 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
16 घन्टा पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
2 दिन पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
2 दिन पहिले
-
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
-
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
-
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ?
-
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने