Janakpurdham
Sun, Aug 10, 2025
`

सभामुख कप : महोत्तरीको सहज जित

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, माघ १३ गते । प्रथम सभामुख क्रिकेट कप–२०८० सुरु भएको छ । मधेश प्रदेशसभाको छैठौं वार्षिकोत्सवको अवसरमा शनिबारदेखि क्रिकेट कप जनकपुरधाममा सुरु भएको हो ।

जनकपुरधाम उपमहानगरपालिका १४ रजौलस्थित रामजानकी बहुउद्देश्य अन्तराष्ट्रिय रंगशालामा शनिबार महोत्तरी र सर्लाही बीच उद्घाटन खेल भएको थियो । पहिलो खेलमा महोत्तरीले सहज जित हात पारेको छ । टस जितेर महोत्तरी टिम ब्याटिङको लागि सर्लाही टिमलाई निम्तिआएका थिए । सर्लाही टिम ३३ ओभर ४ बलमा सबै विकेट गुमाएर एक सय ३७ रनको लक्ष्य महोत्तरी टिम समक्ष प्रस्तुत गरेका थिए । 

सर्लाहीका लागि ब्याटिङ गरेका अली हसनले सार्वधिक ६८ बलमा ३८ र विवेक ठाकुरले २७ बलमा २४ रन बनाए । हसनले टिमको स्कोर उच्च बनाउन बढी समय क्रिचमा रहेर कडा संघर्ष गरेका थिए । सर्लाहीकै लागि ब्याटिङ गरेका आशुतोष यादवले १४ र सुधिर चौधरीले १५ रन बनाए । सर्लाहीका अन्य ब्याटस म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

महोत्तरीका लागि बलिङ गरेका नितेश कुमार यादवले पाँच ओभरमा २७ रन खर्चेर तीन विकेट र रवि कुमार सिंहले सात ओभरमा २२ रन खर्चेर दुई विकेट लिए । महोत्तरीकै लागि बलिङ गरेका रमेश कुमार सहनी, विनोद सहनी र निरज कुमार यादवले समान एक÷एक विकेट लिए । 

एक सय ३७ रनको लक्ष्य पञ्छयाएका महोत्तरी टिम २८ ओभर चार बलमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरे । महोत्तरीका लागि नविन कुमार यादवले सार्वधिक नटआउट ४९ बलमा ४२ रन र सौरभ नागवंशीले ४१ बलमा ३० रनको योगदान दिए । नविन महोत्तरीका लागि उत्कृष्ट ब्याटिङ गरेका थिए ।

सर्लाहीका लागि बलिङ गरेका नवल किसोर राम र निरज यादवले दुई÷दुई विकेट लिए । विवेक चौधीरी र अली हसनले पनि एक÷एक विकेट लिए । यस खेलको म्यान अफ दी म्याच महोत्तरीका नविन कुमार यादव घोषित भएका थिए । आइतबार पर्सा र सिरहाबीच खेल हुने आयोजक संस्थाले जनाएको छ । कप नकआउट प्रणालीमा भइरहेको छ । आइसीसीको मान्यता अनुसार भइरहेको कप अन्तरगत प्रत्येक खेल ४० ओभरको गराउने तयारी छ ।

`
12 comments
कैलाली कारागार घटनाबारे छलफलका लागि गृहमन्त्री लेखकले ..

काठमाडौं, साउन २४ : कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबा..

20 घन्टा पहिले

राष्ट्रपति पौडेलले दिए जनैपूर्णिमा तथा रक्षाबन्धनको शु..

काठमाडौं, साउन २४ : राष्ट्रपति रामचन्द्र पौडेलले जनैपूर्णिमा, ऋषितर्पणी एवम् रक्षावन्धनको अवसरमा देश विदेशमा ..

20 घन्टा पहिले

दिल्लीबाट उद्धार गरिएका ४० जना नेपाली महिलालाई नेपाल ल्..

काठमाडौं, साउन २३ : भारतको बाटो भएर तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरि नेपाल ल्याइएको छ..

2 दिन पहिले

जनमत पार्टीबाट उपाध्यक्ष साह निस्कासित

काठमाडौं, साउन २२ : जनमत पार्टीले निलम्बित उपाध्यक्ष दीपककुमार साहलाई निष्कासन गरेको छ। साह यसअघि ६ महिनाका ला..

2 दिन पहिले

प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै राजविराजमा द..

सप्तरी ,श्रावण २१ गते । प्रहरीको गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आज र..

3 दिन पहिले