Janakpurdham
Tue, Sep 22, 2026
`

एक अर्बको लागतमा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,माघ १४ गते । सरकारले करिब रु एक अर्बको लागतमा विभिन्न ३० पालिकामा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण गरेको छ ।कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनामार्फत सेवा केन्द्र निर्माण गरेको हो ।

आयोजना प्रमुख चन्द्रप्रसाद रिसालले प्रत्येक पालिकामा करिब रु तीन करोडको लागतमा निर्माण गरिएको अत्याधुनिक प्रविधि तथा सुविधा सम्पन्न ती केन्द्र चालु आर्थिक वर्षभित्र सम्बन्धित पालिकालाई हस्तान्तरण गर्ने जानकारी दिए । उनले आगामी आर्थिक वर्षदेखि थप १० पालिकामा केन्द्र निर्माण गरिने योजना रहेको बताए ।ग्रामीण उद्यम तथा आर्थिक विकास ग्रामीण उद्यमशीलता विकासलाई प्रोत्साहित गर्न आयोजनाले प्रमुख आर्थिक करिडोर क्षेत्रका साना कृषि उत्पादक तथा खरिदकर्ताबीचमा उत्पादनमूलक साझेदारी तथा बजार सम्बन्धको विकासमार्फत बजार पहुँच सुदृढ गर्न सहजीकरण गर्ने छ ।

 कृषि तथा पशुपक्षी विकासका लागि आवश्यक नीतिगत खाका, आवश्यक संरचना निर्माण र क्षमता विकासलगायत अन्य सहयोगी सेवामार्फत उपयुक्त उद्यमशीलताको वातावरण निर्माण गर्नसमेत सहयोग पुर्‍याउने उद्देश्य आयोजनाले राखेको छ ।उत्पादनमूलक साझेदारीलाई प्रवर्द्धन गर्ने उत्कृष्ट व्यावसायिक योजनालाई पूरक अनुदान, मागमा आधारित साना कृषि बजार केन्द्र निर्माण, मूल्य शृङ्खलासम्बन्धी आधारभूत संरचना निर्माण, प्रादेशिक बजार निर्माणका क्षेत्रमा लगानी विस्तार गर्दै आएको आयोजना प्रमुख रिसालले जानकारी दिए । कर्णाली प्रदेशबाहेकका सबै प्रदेशमा आर्थिक करिडोर जोडिएको छ ।साभार : नेपाल प्रेस

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

22 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

22 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

3 दिन पहिले