Janakpurdham
Fri, Oct 16, 2026
`

बाँदर छेक्न वडाको ‘मेरो रुख म काट्छु’ अभियान

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

पोखरा, माघ १६ : पोखरा महानगरपालिका वडा नम्वर– १९ ले बाँदर नियन्त्रणका लागि ‘मेरो रुख म काट्छु’ अभियान शुरु गरेको छ। पोखरा महानगरपालिका– १९ लामाचौर पुरुनचौर क्षेत्र बाँदरबाट अति प्रभावित भएको बताउँदै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले यस्तो अभियान शुरु गरेका हुन्।

बाँदर छेक्न भन्दै  बोटविरुवा, वन फडानी गर्न अभियान चलाइएपछि सामाजिक सञ्जालमा चर्चा र टिकाटिप्पणीको बिषय समेत बनेको छ। 

गण्डकी सरकारले चालु आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रममा बाँदर नियन्त्रणसम्बन्धी नीति पास गरेको छ। सोही नीति अनुरुप घर वरपर रहेका रुखहरु कटान गर्दा सरकारको नीतिलाई नै सहयोग पुग्ने दाबी वडाध्यक्ष पाण्डेको छ।

बाँदर रोक्ने अभियानका लागि माघ १५ गतेको मितिमा वडाद्वारा जारी सूचनामा भनिएको छ, ‘सूचना जारी गरेको मितिले १० दिनभित्र मेरो रुख म काट्छु भन्ने अभियान सञ्चालन गरी आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्‍याउनको साथै आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्‍याउन वडाबासीलाई अनुरोध छ।’ साभार : काठमाडौं प्रेस

 

`
12 comments
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

16 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

16 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

16 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

2 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

2 दिन पहिले