Janakpurdham
Tue, Sep 22, 2026
`

मधेशमा जनमतले गर्‍यो प्रमुख प्रतिपक्षी दलको दाबी

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, माघ १७ गते ।  मधेश सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीलाई फिर्ता बोलाएको जनमत पार्टीले प्रमुख प्रतिपक्षी दलको दाबीसहित  मान्यता दिन माग गरेको छ ।जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवले प्रमुख प्रतिपक्षी दलको मान्यता दिन सभामुख रामचन्द्र मण्डललाई पत्र बुझाएका हुन् । सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रमुख प्रतिपक्षी दल जनमत पार्टी बनेको उनको दाबी छ ।अहिले मधेश प्रदेशसभामा नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको मान्यता पाएको छ । २४ सांसद भएको सबभन्दा ठूलो दल एमाले सरकारमा सहभागी छैन तर समर्थन दिएको छ । 

तर जनमत पार्टी सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइसकेको छ । प्रदेशसभामा १० प्रतिशत सदस्य रहेको र सरकारमा सहभागी नभएको दललाई प्रमुख प्रतिपक्षी दल हुने प्रावधान छ । १०७ सदस्यीय प्रदेशसभामा जनमत पार्टीका १३ सांसद छन् ।प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी कानुन बमोजिम जनमत पार्टीले प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने जिकिर गरेको छ ।जनमत संसदीय दलका नेता यादवले आफूहरूले प्रमुख प्रतिपक्षीको दर्जा माग्नु स्वाभाविक, सामान्य र कानुनसम्मत भएको बताए । एमालेले सरकारलाई समर्थन दिएकाले प्रमुख प्रतिपक्षी रहन नसक्ने उनको भनाई छ ।तर एमालेको संसदीय दलका नेता सरोजकुमार यादवले आफ्नो पार्टी प्रमुख प्रतिपक्षी दलको रूपमा रहिरहने दाबी गरे ।उनले तर्क गरे, ‘आफूहरूको पार्टी सरकारमा सहभागी छैन । सबैभन्दा ठूलो दल पनि एमाले छ । त्यसैले प्रमुख प्रतिपक्षीको मान्यतामा असर पर्दैन ।’साभार : नेपाल प्रेस

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

21 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

21 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

3 दिन पहिले