मधेश विकास सम्मेलन २०८० जनकपुरधाममा सम्पन्न
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, १७ गते । मधेश विकास सम्मेलन २०८० आज जनकपुरधाममा सम्पन्न भएको छ । मधेश प्रदेशको प्रदेशसभाका सभामुख, रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा प्रदेशका मन्त्रीहरु, समितिका सभापतिहरु, प्रदेश सांसदहरु र मधेश प्रदेशमा कार्यरत विकास साझेदार संस्थाका प्रतिनिधिहरुको सहभागितामा भएको सम्मेलनमा बहस र छलफल पछि दुवै पक्षले हस्ताक्षर गरि जनकपुरधाम प्रतिवद्धता पत्र पनि जारि गरिएको छ । मधेसको विकास गरि मधेश समृद्धि यात्रा तय गर्न आफ्नो समितिले सबैसँग समन्वय गरि सम्मेलनको आयोजना गरेको अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंहले जानकारी दिनुभयो । मधेश प्रदेशमा वैदेशिक सहयोगको प्रभावकारीता तथा सो को व्यवस्थापनका लागि नीतिगत अवधारणा तय गर्ने गरेर अब प्रदेशसभाले काम गर्ने प्रदेशसभाका सभामुख, रामचन्द्र मण्डलले बताउनुभयो ।
नीति तथा योजना आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीले दिगो विकासको लक्ष्यमा मधेशको अवस्था, प्राथमिकता र आवस्यकक्ताका बारेमा प्रस्तुती गर्नु भएको थियो भने संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्तराट्रिय संस्थाहरुले पनि आफुले गरेको योगदान र मधेश प्रदेशमा काम गर्न भएका अफ्ठेराहरुको बारेमा प्रस्तुती गरेका थिए । सेभ द चिल्ड्रेन र एआईएनका तर्फबाट हरिबोल बजगाईले मधेशमा कार्यरत ३४ वटा संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्तराट्रिय संस्थाहरुको गतिविधि प्रस्तुत गर्नुभएको थियो ।
संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्तराट्रिय संस्थाहरु र सरकारबीचको खुला बहसको संचालन गर्दै सामुदायिक रेडियो प्रसारक संघका व्यवस्थापक दीपक आचार्यले मधेशमा काम गर्न गारो हुन्छ भनेर दातृनिकाय तथा अन्तराष्ट्रिय संस्थाहरु डराउने परिपाटीको अन्त्य गर्न र मधेशमा लगानीमैत्री वातावरण बनाउने उद्देश्यले बहस चलाईएको बताउनु भयो । गरिबी समस्याको अन्त्य गर्नका लागि कृषिको आधुनिकिकरण र औद्योगिकरणमा सरकारसँग मिलेर काम गर्न आफुहरु तयार भएको केयर नेपालका राष्ट्रिय निर्देशक मोना शेर्पाले बताउनुभयो । वल्डभिजन इन्टरनेशनल नेपालका व्यवस्थापक उमा मगरले वाल विवाह अन्त्य तथा किशोरी अधिकारका लागि मधेस प्रदेशमा धेरै काम गर्न आवस्यक रहेको बताउनुभयो । प्लान इन्टरनेशनलका राष्ट्रिय निर्देशक राम किशनले विकास कसले ग¥यो भनेर भन्नु भन्दा पनि हामी सबै मिलेर ग¥यौं भन्ने भावनाको विकास गर्नको लागि समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो । एआईएनका सदस्य एवं पीएसआईका राष्ट्रिय निर्देशक खेम श्रेष्ठले विकास साझेदारले काम गर्दाखेरी र गैरसरकारी संस्थाहरु छान्दाखेरी अपनाउनु पर्ने प्रकृयाहरुको बारेमा जानकारी गराउनुभयो ।
ह्याविटाट फर हुम्यानिटीको क्षेत्रीय प्रमुख रामबहादुर श्रेष्ठले सरकारले काम गर्ने वातावरण बनाईदिएमा विकासले फड्को मार्ने बताउनु भयो । मधेश प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले दातृनिकायले मधेसलाई हेर्ने दृष्टीकोण परिवर्तन गर्नुपर्ने बताउनुभयो, आईएनजीओ सुकिलामुकिला वर्गको मात्रै भएकाले परिवर्तन आवस्यक भएको उहाँले बताउनुभयो । एआईएनका अध्यक्ष भगवान श्रेष्ठले बहसमा आएका सवालहरुलाई सम्बोधन गर्ने रणनीतिका साथ अन्तराष्ट्रिय संस्थाहरु अघि बढ्ने भएकाले अब समन्वय र सहकार्यमा अभाब नहुने बताउनुभयो । मधेश प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. सोहनप्रसाद शाहले सहकार्य र समन्वय गरेर अघि बढ्ने सरकार र विकास साझेदारहरुको निर्णयलाई प्रतिवद्धता पत्रको रुपमा बाचन गरेर सभामा प्रस्तुत गर्नु भएको थियो । दिगो विकास लक्ष्य प्राप्तिमा भएका प्रयास तथा सहकार्यका क्षेत्रहरु पहिचान गर्ने, विकास साझेदारहरुको समन्वय इकाई (हेल्पडेक्स) को स्थापना गरी तिनको विवरण अनलाईनमा राख्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
21 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
21 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
2 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
3 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक