
सभामुख क्रिकेट कपको फाइनलमा सिरहा
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, १७ गते । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा सिरहा प्रवेश गरेको छ । बुधबार महोत्तरीलाई ६८ रनले पराजित गर्दै सिरहा फाइनलको यात्रा तय गरेको हो । रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला जनकपुरधाममा पाँचौं दिन पहिलो सेमिफाइनल खेल भएको थियो । टस जितेर सिरहा टिमले पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए । सिरहाका खेलाडीहरु ३४ ओभर ४ बलमा सबै विकेट गुमाएर एक सय ४७ रनको लक्ष्य महोत्तरी टिम समक्ष प्रस्तुत गरेका थिए । सिरहाका लागि रुपेश सिंह सार्वधिक ४५ बलमा ३४, अशोक यादव ३५ बलमा २१, ओपनर शैलेन्द्र साह २० बलमा १७ र रिसब कार्की १९ बलमा १७ रनको योगदान दिए । यस टिमका अन्य ब्याट्स म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । सिरहाको पहिलो विकेट २३ रनमै पवलेलियन फर्किएका थिए । महोत्तरीका लागि बलिङ गरेका नितेश यादवले कशिलो बलिङ गरेका थिए । उनले आठ ओभरमा २८ रन खर्चेर चार विकेट लिए । महोत्तरीकै लागि विनोद सहनी तीन, अभिषेक तिवारी दुई र रमेश सहनीले एक विकेट लिएका थिए । मध्यम लक्ष्य पाएका महोत्तरी जवाफी ब्याटिङमा कमजोर देखिएका थिए । महोत्तरीका खेलाडीहरु २९ ओभर दुई बलमै सबै विकेट गुमाए । र, टिमको स्कोर पनि उच्च राख्न सकेनन् । ७८ रनमै सबै विकेट गुमाएका महोत्तरी प्रतियोगिताकै सबैभन्दा कम स्कोर बनाउने टिम छन् । महोत्तरीका लागि नविन यादवले ५५ बलमा २१ रन टिमको खातामा जोडे । महोत्तरीकै रवि कुमार सिहंले १९ बलमा १८ र श्याम मण्डलले ४३ बलमा १३ रन बनाए । सिरहाका लागि बलिङ गरेका पार्थिव यादवले तीन, तृपेश्वर मुखियाले तीन, प्रदिप पासवानले दुई र अफरुदिन राइनले एक विकेट लिए । यस खेलको म्यान अफ दी म्याच पार्थिव यादव घोषित भएका थिए । दोस्रो सेमिफाइल विहीबार धनुषा र बाराबीच हुने खेल तालिका छ । दोस्रो सेमिफाइनलको विजयी टिम फाइनलमा सिरहासंग प्रतिस्पर्धा गर्ने छन् ।

कैलाली कारागार घटनाबारे छलफलका लागि गृहमन्त्री लेखकले ..
काठमाडौं, साउन २४ : कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबा..
39 मिनट पहिले
राष्ट्रपति पौडेलले दिए जनैपूर्णिमा तथा रक्षाबन्धनको शु..
काठमाडौं, साउन २४ : राष्ट्रपति रामचन्द्र पौडेलले जनैपूर्णिमा, ऋषितर्पणी एवम् रक्षावन्धनको अवसरमा देश विदेशमा ..
42 मिनट पहिले
दिल्लीबाट उद्धार गरिएका ४० जना नेपाली महिलालाई नेपाल ल्..
काठमाडौं, साउन २३ : भारतको बाटो भएर तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरि नेपाल ल्याइएको छ..
2 दिन पहिले
जनमत पार्टीबाट उपाध्यक्ष साह निस्कासित
काठमाडौं, साउन २२ : जनमत पार्टीले निलम्बित उपाध्यक्ष दीपककुमार साहलाई निष्कासन गरेको छ। साह यसअघि ६ महिनाका ला..
2 दिन पहिले
प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै राजविराजमा द..
सप्तरी ,श्रावण २१ गते । प्रहरीको गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आज र..
3 दिन पहिले