Janakpurdham
Fri, Oct 16, 2026
`

लहान नगरपालिकाद्वारा मोतियाबिन्दुको निःशुल्क उपचार

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

सिराहा,  माघ १८ गते ।  लहान नगरपालिकाले नगरक्षेत्रमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गराउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच सम्झौता भएको छ । सम्झौतापत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समितिका अध्यक्ष रवीन्द्रलाल चौधरीले बुधबार हस्ताक्षर गर्नुभयो  । 

सम्झौताअनुसार नगरपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा वडावडामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिनेछ । शिविरमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गरिने लक्ष्य राखिएको छ । 

गाउँघरमै आँखा जाँच शिविर सञ्चालनले यहाँका गरिब, विपन्न, अशक्त, ज्येष्ठ नागरिक र बालबालिकालाई ठूलो राहत मिल्ने नगरप्रमुख चौधरीको भनाइ छ । “गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब, दलित र विपन्नको बसोबास हुन्छ, उनीहरू स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य छन्”, उहाँले भन्नुभयो, “ आँखा जाँच शिविरले गाउँका नागरिकलाई धेरै राहत मिल्नेछ ।” नगरपालिकाले गतवर्ष पनि एक हजार जनाको शल्यक्रिया र सात हजारभन्दा बढीको आँखा जाँच शिविर सञ्चालन गरी निःशुल्क उपचार गराएको थियो ।

साभार : गोरखापत्र

`
12 comments
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

14 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

15 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

14 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

2 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

2 दिन पहिले