Janakpurdham
Tue, Sep 22, 2026
`

सबै जातजाति र भाषाको संरक्षण गर्नुपर्छ : अध्यक्ष नेपाल

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, माघ १९ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा रहेका सबै जातजाति र भाषाको पहिचान गरी संरक्षणको दायित्व सरकारले पूरा गर्नुपर्ने बताएका छन्।जनकपुरधाममा सुरु भएको चौथो ‘जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा अध्यक्ष नेपालले संविधानको भावनाअनुसार राज्यले सबै जातजाति तथा भाषाभाषीको संरक्षण गर्नुपर्ने बताए।

‘नेपालमा एक सय ३६ भन्दाबढी जातजाति, एक सय २५ भन्दा बढी भाषाभाषी छन्। ती सबैको पहिचान हुनुपर्छ र सबैको संरक्षणको दायित्व सरकारले लिनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सरकार र अरु सबै पक्षले सहकार्य गर्नुपर्छ। पहिचान जोगाउन सके मात्रै स्वाभिमान कायम रहन्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’

मैथिली विकास कोष, प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको संयुक्त आयोजना र जनकपुरधाम उपमहानगरपालिकाको आयोजना महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा सुरु भएको महोत्सव पाँच दिनसम्म सञ्चालन हुनेछ।महोत्सवमा साहित्य, कला, राजनीतिक, सामाजिक तथा इतिहाससँग सम्बन्धित विभिन्न २० विषयमा विमर्श, चित्रकला, पुस्तक, मिथिला भोजन प्रदर्शनी, नेपाल र भारतका कलाकारद्वारा मैथिली, नेपाली, हिन्दी, असामी र बङ्गाली गरी पाँच भाषामा आठ वटा नाटक प्रस्तुत गरिने छ।साभार : काठमाडौं प्रेस

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

21 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

21 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

3 दिन पहिले