
जनताको समस्या राजनीति एजेण्डा बन्नुपर्छ : महामन्त्री थापा
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

बर्दिबास, पुस १९ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताका समस्या र आवश्यकतालाई राजनीतिक मुद्दा नबनाएसम्म संविधान र लोकतन्त्र सबल हुन नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन महोत्तरी शाखाले सीमावर्ती नगरपालिका मनरा सिसवाको भोलहीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।महामन्त्री थापाले अब पनि जनताका खेत खलिहान, शिक्षा, सिँचाई, रोजगारी, युवा पलायन जस्ता समुदायका समस्यालाई राजनीतिक विषय नबनाए जनतामा व्याप्त नैराश्य चिर्न र लोकतन्त्रको अनुभूति गराउन नसकिने धारणा राख्नुभयो । संवाद यात्राका क्रममा जनताबाट उठेका सवालहरूको एकीकृत दस्ताबेज तयार गरी सम्बन्धित निकायमा प्रस्तुत गरिने जानकारी दिनुभयो ।
‘‘यो अभियान यात्रामा जनताले उठाएका आवाज खेर जान दिने छैनौँ, ७७ वटै जिल्लामा खटिनु भएका साथीहरू तथा केन्द्रीय नेताका रिपोर्ट प्राप्त भएपछि दस्ताबेज तयार पारेर अघि बढ्छौ ।’’ उहाँले भन्नुभयो, ‘‘यी दस्ताबेजलाई फागुनमा हुने महासमिति बैठकदेखि आगामी वर्षको बजेट निर्माणमा जनताका यी आवाजलाई समावेश गर्न संसद्को माध्यमले सरकारसम्म पुर्याउन सङ्गठित प्रयास गर्ने छौँ ।’’सानो बजेटले ठुलो फाइदा हुने सिँचाई जस्ता पूर्वाधारमा लगानी नगर्दा जनतालाई प्रत्यक्ष लाभ पुग्ने योजनाहरू दुई दशक बढीले अलपत्र रहेको संवाद यात्राका क्रममा जानकारीमा आएको बताउनुहुँदै महामन्त्री थापाले यी सिँचाई योजनालाई अबको बजेटमा प्राथमिकतामा राख्न कांग्रेसले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।यसैगरी, उहाँले दुर्व्यसन समस्यालाई नेपाली कांग्रेसले जोडदार रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । ‘‘यो समस्या भयावह र डरलाग्दो छ’’ महामन्त्री थापाले भन्नुभयो, ‘‘यसलाई एकीकृत रूपमा समाधान नगरिए एउटा पुस्ता नै दुर्व्यसनबाट समाप्त हुने जोखिम बढेको छ ।’’
साभार : गोरखापत्र

कैलाली कारागार घटनाबारे छलफलका लागि गृहमन्त्री लेखकले ..
काठमाडौं, साउन २४ : कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबा..
43 मिनट पहिले
राष्ट्रपति पौडेलले दिए जनैपूर्णिमा तथा रक्षाबन्धनको शु..
काठमाडौं, साउन २४ : राष्ट्रपति रामचन्द्र पौडेलले जनैपूर्णिमा, ऋषितर्पणी एवम् रक्षावन्धनको अवसरमा देश विदेशमा ..
46 मिनट पहिले
दिल्लीबाट उद्धार गरिएका ४० जना नेपाली महिलालाई नेपाल ल्..
काठमाडौं, साउन २३ : भारतको बाटो भएर तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरि नेपाल ल्याइएको छ..
2 दिन पहिले
जनमत पार्टीबाट उपाध्यक्ष साह निस्कासित
काठमाडौं, साउन २२ : जनमत पार्टीले निलम्बित उपाध्यक्ष दीपककुमार साहलाई निष्कासन गरेको छ। साह यसअघि ६ महिनाका ला..
2 दिन पहिले
प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै राजविराजमा द..
सप्तरी ,श्रावण २१ गते । प्रहरीको गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आज र..
3 दिन पहिले