Janakpurdham
Tue, Sep 22, 2026
`

जनताको समस्या राजनीति एजेण्डा बन्नुपर्छ : महामन्त्री थापा

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

बर्दिबास, पुस १९ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताका समस्या र आवश्यकतालाई राजनीतिक मुद्दा नबनाएसम्म संविधान र लोकतन्त्र सबल हुन नसक्ने बताउनुभएको छ ।   नेपाल प्रेस युनियन महोत्तरी शाखाले सीमावर्ती नगरपालिका मनरा सिसवाको भोलहीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।महामन्त्री थापाले अब पनि जनताका खेत खलिहान, शिक्षा, सिँचाई, रोजगारी, युवा पलायन जस्ता समुदायका समस्यालाई राजनीतिक विषय नबनाए जनतामा व्याप्त नैराश्य चिर्न र लोकतन्त्रको अनुभूति गराउन नसकिने धारणा राख्नुभयो । संवाद यात्राका क्रममा जनताबाट उठेका सवालहरूको एकीकृत दस्ताबेज तयार गरी सम्बन्धित निकायमा प्रस्तुत गरिने जानकारी दिनुभयो । 

‘‘यो अभियान यात्रामा जनताले उठाएका आवाज खेर जान दिने छैनौँ, ७७ वटै जिल्लामा खटिनु भएका साथीहरू तथा केन्द्रीय नेताका रिपोर्ट प्राप्त भएपछि दस्ताबेज तयार पारेर अघि बढ्छौ ।’’ उहाँले भन्नुभयो, ‘‘यी दस्ताबेजलाई फागुनमा हुने महासमिति बैठकदेखि आगामी वर्षको बजेट निर्माणमा जनताका यी आवाजलाई समावेश गर्न संसद्को माध्यमले सरकारसम्म पुर्‍याउन सङ्गठित प्रयास गर्ने छौँ ।’’सानो बजेटले ठुलो फाइदा हुने सिँचाई जस्ता पूर्वाधारमा लगानी नगर्दा जनतालाई प्रत्यक्ष लाभ पुग्ने योजनाहरू दुई दशक बढीले अलपत्र रहेको संवाद यात्राका क्रममा जानकारीमा आएको बताउनुहुँदै महामन्त्री थापाले यी सिँचाई योजनालाई अबको बजेटमा प्राथमिकतामा राख्न कांग्रेसले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।यसैगरी, उहाँले दुर्व्यसन समस्यालाई नेपाली कांग्रेसले जोडदार रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । ‘‘यो समस्या भयावह र डरलाग्दो छ’’ महामन्त्री थापाले भन्नुभयो, ‘‘यसलाई एकीकृत रूपमा समाधान नगरिए एउटा पुस्ता नै दुर्व्यसनबाट समाप्त हुने जोखिम बढेको छ ।’’

साभार : गोरखापत्र

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

21 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

21 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

3 दिन पहिले