Janakpurdham
Sat, Aug 23, 2025
`

रोजगारमुखी सुचना प्रविधि सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपेश मल्लिक
जनकपुरधाम, २२ माघ । मधेश प्रदेशका राजधानी जनकपुरधाममा सोमवार रोजगारमुखी सुचना प्रविधि सम्बन्धी एक दिने गोष्ठी सु-सम्पन्न भएको छ ।मधेश प्रदेशका कृषि सहकारी तथा भूमि सुधार मन्त्री गोविन्द बहादुर न्यौपानेले युवाहरू रोजगार नपाएर अलमलिएका बताए ।प्रमुख अतिथिका आसनवाट बोल्दै मन्त्री न्यौपानेले रोजगारमुखी सुचना प्रविधि गोष्ठीले युवाहरूलाई रोजगारीको अवसर भेटिने जनाए ।उनले स्थानीय जनप्रतिनिधिहरूलाई ध्यानाकर्षण गराउंदै विद्यार्थीभाइ- बहिनिहरूका लागि कृषि सम्बन्धि पढाइ पाठ्यक्रममै समावेश तथा तालिमको ब्यवस्था हुनुपर्ने धारण राखे ।

सामाजिक विकास अनुसन्धान केन्द्र जनकपुरले सञ्चालन गरेका कार्यक्रमले सुचना प्रविधि तथा वित्तिय क्षेत्रमा युवाहरूलाई थप बल पुगिने तथा रोजगारीका अवसर भेटिने वक्ताहरुले बताए ।निक्षेप तथा कर्जा सुरक्षण कोष केन्द्रिय कार्यालयका प्रमुख तथा सिईओ रमेश घिमिरेले बैंक वित्तिय संस्थाबाट युवाहरुका लागि क्रेडिट कार्डको समेत ब्यवस्था गरिने बताए ।उनले युवाहरुलाई सूचना प्रविधिको क्षेत्रमा सहजीकरण तथा लाभ हुने जनाए ।सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरका सचिव सोनफी साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निक्षेपका जनकपुर शाखा प्रमुख कृष्ण बराल , जिल्ला धनुषा समन्वय समितिका सभापति राजनन्दन मण्डल, सामाजिक विकासका जिवछ दास ,स्थानीय पालिका तथा गाउंपालिकाका मेयर तथा कार्यालय प्रमुखहरु का उपस्थिति रहेका थिए ।

`
12 comments
प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले  प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..

3 घन्टा पहिले

कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड

काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी।  आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..

3 घन्टा पहिले

नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..

जनकपुरधाम, भदौ ७ गते ।  पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..

3 घन्टा पहिले

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..

2 दिन पहिले

सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..

3 दिन पहिले