Janakpurdham
Tue, Sep 22, 2026
`

रोजगारमुखी सुचना प्रविधि सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपेश मल्लिक
जनकपुरधाम, २२ माघ । मधेश प्रदेशका राजधानी जनकपुरधाममा सोमवार रोजगारमुखी सुचना प्रविधि सम्बन्धी एक दिने गोष्ठी सु-सम्पन्न भएको छ ।मधेश प्रदेशका कृषि सहकारी तथा भूमि सुधार मन्त्री गोविन्द बहादुर न्यौपानेले युवाहरू रोजगार नपाएर अलमलिएका बताए ।प्रमुख अतिथिका आसनवाट बोल्दै मन्त्री न्यौपानेले रोजगारमुखी सुचना प्रविधि गोष्ठीले युवाहरूलाई रोजगारीको अवसर भेटिने जनाए ।उनले स्थानीय जनप्रतिनिधिहरूलाई ध्यानाकर्षण गराउंदै विद्यार्थीभाइ- बहिनिहरूका लागि कृषि सम्बन्धि पढाइ पाठ्यक्रममै समावेश तथा तालिमको ब्यवस्था हुनुपर्ने धारण राखे ।

सामाजिक विकास अनुसन्धान केन्द्र जनकपुरले सञ्चालन गरेका कार्यक्रमले सुचना प्रविधि तथा वित्तिय क्षेत्रमा युवाहरूलाई थप बल पुगिने तथा रोजगारीका अवसर भेटिने वक्ताहरुले बताए ।निक्षेप तथा कर्जा सुरक्षण कोष केन्द्रिय कार्यालयका प्रमुख तथा सिईओ रमेश घिमिरेले बैंक वित्तिय संस्थाबाट युवाहरुका लागि क्रेडिट कार्डको समेत ब्यवस्था गरिने बताए ।उनले युवाहरुलाई सूचना प्रविधिको क्षेत्रमा सहजीकरण तथा लाभ हुने जनाए ।सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरका सचिव सोनफी साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निक्षेपका जनकपुर शाखा प्रमुख कृष्ण बराल , जिल्ला धनुषा समन्वय समितिका सभापति राजनन्दन मण्डल, सामाजिक विकासका जिवछ दास ,स्थानीय पालिका तथा गाउंपालिकाका मेयर तथा कार्यालय प्रमुखहरु का उपस्थिति रहेका थिए ।

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

21 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

21 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

3 दिन पहिले