हक्की संघका प्रदेश अध्यक्षमा कमलेश मण्डल
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम माघ २२ गते । नेपाल आइस हक्की संघका मधेश प्रदेश अध्यक्षमा पिपुल प्रमोट सेन्टरका अध्यक्ष कमलेश मण्डल निर्वाचित हुनुभएको छ । सोमबार नेपाल आइस हक्की संघ मधेश प्रदेशको साधारण सभा तथा निर्वाचन समारोहका बीच उहाँ अध्यक्षमा चयन हुनु भएको छ । मधेश प्रदेशका ८ ओटै जिल्लाबाट सहभागी उक्त साधारण सभामा नेपाल आइस हक्की खेलको बारेमा गहन छलफल तथा विचार विमर्श सहित पहिलो सत्र सकेको थियो भने दोस्रो सत्रमा निर्वाचन संयोजक विजय खड्काको सक्रिय सहभागितामा विस्तृत छलफल गरी सहमति मै ११ सदस्यीय प्रदेश स्तरीय नेपाल आइस हक्की संघको गठन भएको छ ।
गठित नयाँ कार्य समितिमा कमलेश कुमार मण्डल अध्यक्ष धनुषा, उतिमलाल प्रसाद बरै (चौरसीया) उपाध्यक्ष बारा, नेमवर राई सचिव सिरहा, विष्णु कुमार यादव कोषाध्यक्ष महोत्तरी, नरेश प्रसाद गुप्ता सदस्य पर्सा, धरमेन्द्र पासमान सदस्य रौतहट, आशा मण्डल सदस्य धनुषा, जुली चौरसिया सदस्य महोत्तरी, सोनु मण्डल सदस्य धनुषा, जयवीर साह सदस्य धनुषा चयन भएका छन् ।
संघका सल्लाकारमा रहमत राइन र निशा मोक्तान रहनु भएको छ । संघका केन्द्रिय उपाध्यक्ष तथा निर्वाचन समिति संयोजक विजय खड्काको अध्यक्षता तथा बागमती प्रदेश सभामुख एवं केन्द्रिय अध्यक्ष भुवन कुमार पाठकको प्रमुख अतिथ्यमा सम्पन्न सो साधारण सभामा मधेश प्रदेश खेलकूद तथा समाज कल्याण मन्त्रालयका प्रमुख निशा कर्ण र जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डलको समेत उपस्थिति रहेको थियो ।
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
14 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
15 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
14 घन्टा पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
2 दिन पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
2 दिन पहिले
-
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
-
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
-
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ?
-
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने