Janakpurdham
Thu, Aug 07, 2025
`

हक्की संघका प्रदेश अध्यक्षमा कमलेश मण्डल

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम माघ २२ गते । नेपाल आइस हक्की संघका मधेश प्रदेश अध्यक्षमा पिपुल प्रमोट सेन्टरका अध्यक्ष कमलेश मण्डल निर्वाचित हुनुभएको छ । सोमबार नेपाल आइस हक्की संघ मधेश प्रदेशको साधारण सभा तथा निर्वाचन समारोहका बीच उहाँ अध्यक्षमा चयन हुनु भएको छ । मधेश प्रदेशका ८ ओटै जिल्लाबाट सहभागी उक्त साधारण सभामा नेपाल आइस हक्की खेलको बारेमा गहन छलफल तथा विचार विमर्श सहित पहिलो सत्र सकेको थियो भने दोस्रो सत्रमा निर्वाचन संयोजक विजय खड्काको सक्रिय सहभागितामा विस्तृत छलफल गरी सहमति मै ११ सदस्यीय प्रदेश स्तरीय नेपाल आइस हक्की संघको गठन भएको छ ।

गठित नयाँ कार्य समितिमा कमलेश कुमार मण्डल अध्यक्ष धनुषा, उतिमलाल प्रसाद बरै (चौरसीया) उपाध्यक्ष बारा, नेमवर राई सचिव सिरहा, विष्णु कुमार यादव कोषाध्यक्ष महोत्तरी, नरेश प्रसाद गुप्ता सदस्य पर्सा, धरमेन्द्र पासमान सदस्य रौतहट, आशा मण्डल सदस्य धनुषा, जुली चौरसिया सदस्य महोत्तरी, सोनु मण्डल सदस्य धनुषा, जयवीर साह सदस्य धनुषा चयन भएका छन् ।

संघका सल्लाकारमा रहमत राइन र निशा मोक्तान रहनु भएको छ । संघका केन्द्रिय उपाध्यक्ष तथा निर्वाचन समिति संयोजक विजय खड्काको अध्यक्षता तथा बागमती प्रदेश सभामुख एवं केन्द्रिय अध्यक्ष भुवन कुमार पाठकको प्रमुख अतिथ्यमा सम्पन्न सो साधारण सभामा मधेश प्रदेश खेलकूद तथा समाज कल्याण मन्त्रालयका प्रमुख निशा कर्ण र जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डलको समेत उपस्थिति रहेको थियो ।

`
12 comments
प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै राजविराजमा द..

सप्तरी ,श्रावण २१ गते । प्रहरीको गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आज र..

14 घन्टा पहिले

वर्षापछि मधेशमा धान रोपाई, ६७ प्रतिशत पुग्यो

जनकपुरधाम ,श्रावण २१ गते । पछिल्लो केही दिन यता मधेश प्रदेशका जिल्लाहरूमा भएको वर्षाका कारणले मधेश प्रदेशमा धान ..

14 घन्टा पहिले

भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको म..

काठमाडौं, साउन २० : भारत उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा मंगलबार भीषण बाढी आएको छ। मंगबार दिउँसाे एक्कास..

2 दिन पहिले

प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्क..

काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच ..

2 दिन पहिले

धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा

काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..

3 दिन पहिले