
सर्लाही दुर्घटना अपडेट : घाइते नापी कार्यालयका सहयोगी घिमिरेको मृत्यु
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,माघ २३ गते । सर्लाहीको मलंगवा नगरपालिका ११ गम्हरियामा सोमवार राति भएको सवारी दुर्घटनामा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ६० वर्षीय विनोद घिमिरे छन् ।
नापी कार्यालय सर्लाहीमा कार्यालय सहयोगी घिमिरेको उपचारको क्रममा वीरगन्जमा मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।उनका अनुसार सोमबार राति ज २ त १०६७ नम्बरको उखु लोड गरिएको ट्र्याक्टर र बी.आ. ०६ पी.डी. ९६४८ नम्बरको सफारी आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । सफारीमा नापी कार्यालयका कर्मचारीहरू सबार थिए ।
दुर्घटनामा नापी प्रमुख काभ्रेका सञ्जय मानन्धरसहित ११ जना घाइते भएका थिए । १० जना घाइते अहिले उपचाररत रहेको डिएसपी थारुले बताए ।
साभार : नेपाल प्रेस

प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै राजविराजमा द..
सप्तरी ,श्रावण २१ गते । प्रहरीको गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आज र..
14 घन्टा पहिले
वर्षापछि मधेशमा धान रोपाई, ६७ प्रतिशत पुग्यो
जनकपुरधाम ,श्रावण २१ गते । पछिल्लो केही दिन यता मधेश प्रदेशका जिल्लाहरूमा भएको वर्षाका कारणले मधेश प्रदेशमा धान ..
14 घन्टा पहिले
भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको म..
काठमाडौं, साउन २० : भारत उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा मंगलबार भीषण बाढी आएको छ। मंगबार दिउँसाे एक्कास..
2 दिन पहिले
प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्क..
काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच ..
2 दिन पहिले
धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा
काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..
3 दिन पहिले