Janakpurdham
Sat, Aug 23, 2025
`

कांग्रेस नेता एवं पूर्वमन्त्री बुढाथोकीको निधन

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, माघ २३ : कांग्रेस नेता एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा सोमबार राति निधन भएको छ । लामो समयदेखि प्रोस्टेट क्यान्सरपीडित उनको विराट नर्सिंङ होम विराटनगरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी पूर्व सामान्य प्रशासनमन्त्री थिए । उनी पञ्चायतलगत्तै जलस्रोत राज्यमन्त्री पनि भएका थिए । 

२०२४ सालमा विद्यार्थी आन्दोलन मार्फत राजनीतिमा उदाएका थिए । पञ्चायत सत्ताको विरोध गरेका कारण उनको परिवार निर्वासनमा पनि परेको थियो । त्यही प्रेरणाबाट उनी राजनीतिमा आएको उनलाई चिन्नेहरू बताउँछन् । उनी पञ्चायतविरुद्धको आन्दोलनका क्रममा ९ महिना जेल पनि परेका थिए । २०५१ को संसदीय निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट उनी पहिलो पटक निर्वाचित भएका थिए । साभार : काठमाडौं प्रेस

`
12 comments
प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले  प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..

3 घन्टा पहिले

कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड

काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी।  आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..

3 घन्टा पहिले

नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..

जनकपुरधाम, भदौ ७ गते ।  पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..

3 घन्टा पहिले

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..

2 दिन पहिले

सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..

3 दिन पहिले