
प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै जनमतले सडक आन्दोलन गर्ने
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, माघ २५ : सत्ता साझेदार जनमत पार्टीले प्रत्यक्ष निर्वाचित कार्याकारी राष्ट्रपतिको माग गरेको छ। त्यसका लागि जनमतले सडक आन्दोलन गर्ने बताएको छ। उसले देश विकास आन्दोलन समन्वय समिति गठन गरेर आन्दोलनको पृष्ठभूमि तयार पारेको छ।
जनमतले आन्दोलनका लागि ९ बुँदे माग अघि सारेको छ। जसमा शासकीय स्वरूप परिवर्तनदेखि आन्दोलनकारीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिनुपर्नेसम्म छन्।
संसदबाट चुनिने प्रधानमन्त्री प्रणाली हटाएर नागरिकले प्रत्यक्ष मत हालेर कार्यकारी प्रमुख चुन्नुपर्ने जनमतले अघि सारेको मागमा उल्लेख छ। निर्वाचन अधिकृत, महालेखा परीक्षक, न्यायाधिवक्ता र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखसमेत जनताबाट चुनिनुपर्ने माग उनीहरूको छ।
विभागीय मन्त्रीहरू खारेज गरी प्रधानमन्त्रीद्वारा कार्यक्षेत्र विशेषज्ञताको आधारमा विशेषज्ञहरू नियुक्त गरिनुपर्ने जनमतले माग गरेको छ। प्रदेश सरकारहरूमा पनि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने तर कुनै पनि मन्त्रीहरू नरहने व्यवस्था गर्न आन्दोलन गर्न लागिएको जनमतले बताएको छ।
दुई सदनात्मक व्यवस्था अन्त्य गरेर सांसदहरूमाथि कुनै पनि किसिमको ह्वीप नलाग्ने व्यवस्था गर्नुपर्ने माग पनि अघि सारिएको छ।सांसदलाई कुनै समूह वा पार्टीको दबाबबाट मुक्त राखी जनताको हितमा छिटोछरियो ऐन बनाउने र पारित गर्न सक्ने एक सदनात्मक संसद हुनुपर्ने जनमतले बताएको छ।
यस्तै जनताले समेत प्रत्यक्ष मत जाहेर गरेर ऐन ल्याउन सक्ने व्यवस्था हुनुपर्ने प्रणाली माग गरिएको छ।
साभार : काठमाडौं प्रेस

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
4 घन्टा पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
4 घन्टा पहिले
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..
जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..
4 घन्टा पहिले
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
2 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
3 दिन पहिले