
विराट हिन्दु सन्त सम्मेलनको आयोजना हुने
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, २५ गते । भारतीय प्रान्त बिहारको शिवहर जिल्लामा विराट हिुन्दु सन्त सम्मेलनको आयोजना हुने भएको छ । बिहीवार जनकपुरधाममा आयोजित एक पत्रकार सम्मेलन गरि भारतीय जनता पार्टीका नेता एवम् धर्मानुरागी योगी अखिलेश दासले यही फरबरी १६ र १७ अर्थात फाल्गुन ४ र ५ गते शिवहरमा सम्मेलनको आयोजना हुन लागेको बताए ।
उनले सनातन धर्मको रक्षा र भारतलाई हिन्दु राष्ट्र घोषणा गराउने अभियान अन्तर्गत सह धर्म सभा समेत रहेको सम्मेलनको आयोजना गर्न लागिएको जनकारी गराए । सो सन्त सम्मेलनमा जगन्नाथ पुरी गोवद्र्धन पिठका जगतगुरु अधोश्रजनानन्द देव तिर्थ , स्वामी जितेन्द्रानन्द सरस्वती, बद्रिकाश्रम शंकराचार्य , वासुदेवानन्द सरस्वतीको शिष्य ,अखिल भारतीय सन्त समितिका पदाधिकारीहरु लगायत विभिन्न मठ मन्दिरहरुबाट सन्त महन्थको सहभागी हुने कार्यक्रम रहेको छ ।
उक्त सन्त सम्मेलनमा नेपालबाट पनि सन्त महन्थ र सर्वसाधारणहरुको सहभागिताको लागि अखिलेश्वर दासले आग्रह गरेका हुन् ।

प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै राजविराजमा द..
सप्तरी ,श्रावण २१ गते । प्रहरीको गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आज र..
14 घन्टा पहिले
वर्षापछि मधेशमा धान रोपाई, ६७ प्रतिशत पुग्यो
जनकपुरधाम ,श्रावण २१ गते । पछिल्लो केही दिन यता मधेश प्रदेशका जिल्लाहरूमा भएको वर्षाका कारणले मधेश प्रदेशमा धान ..
14 घन्टा पहिले
भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको म..
काठमाडौं, साउन २० : भारत उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा मंगलबार भीषण बाढी आएको छ। मंगबार दिउँसाे एक्कास..
2 दिन पहिले
प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्क..
काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच ..
2 दिन पहिले
धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा
काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..
3 दिन पहिले