
रुपैठामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

दिपेश मल्लिक
जनकपुरधाम, माघ २७ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० रुपैठामा स्थानीयवासिहरुका लागि शनिवार एक दिने निःशुल्क स्थास्थ्य शिविर सञ्चालन गरिएको छ । जनकपुर निरोग्य क्लिनिक एण्ड रिसर्च सेन्टर प्रा.लि.द्वारा आयोजना भएका शिविरमा करिब ८ सय ४२ जना विभिन्न रोगका बिरामीहरुले चेक गराई लाभ उठाएका जनकपुर निरोग्य क्लिनिका सञ्चालक तथा ब्यवस्थापक ललित कुमार झाले बताए ।
स्थानीय रुपैठा निवासि सञ्चालक झाले शिविरको प्रमुख उद्देश्य असहाय तथा अशक्त जनताहरुका लागि स्थास्थ्य सेवा प्रदान गर्नु हो जनाए । उनले वरिष्ठ फिजिसियन डा. अप्पु झा अविनाशको जन्म स्थल रुपैठा गाउं भएकाले उहांकै सहकार्यमा अनुभवि चिकित्सकहरुद्वारा उपचार गरिएका बताए ।
शिविरमा बिरामीहरुलाई आठ जना डाक्टरहरुले सेवा प्रदान गरेका आयोजक जउमनपा वडा नं. २० का वडा अध्यक्ष मोती राइन कवारी (भोला) ले बताए । उनले विरामीहरुका लागि रगत, दिसा, पिसाब, चिनी, थाइराइड, मुटु जांचका साथै केहि औषधिहरु समेत निःशुल्क उपलब्ध गराएका ध्यानाकर्षण गराए । विशेष सेवा दिने चिकित्सकहरु न्युरो सर्जनमा डा. विजय राउत, स्त्री तथा प्रसुति रोग विशेषज्ञमा डा. विजय कुमार सिंह , बाल रोग विशेषज्ञमा डा. बलराम मण्डल , दन्त रोग विशेषज्ञमा डा. राकेश चौधरी र डा. रबी पाण्डे तथा आंखा रोग विशेषज्ञमा डा. सविन साहु सहितका डाक्टरहरुले आफ्नो अमुल्य समय प्रदान गरेका शिविरका प्रबन्धक उग्रेश मिश्रले बताए ।

प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै राजविराजमा द..
सप्तरी ,श्रावण २१ गते । प्रहरीको गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आज र..
14 घन्टा पहिले
वर्षापछि मधेशमा धान रोपाई, ६७ प्रतिशत पुग्यो
जनकपुरधाम ,श्रावण २१ गते । पछिल्लो केही दिन यता मधेश प्रदेशका जिल्लाहरूमा भएको वर्षाका कारणले मधेश प्रदेशमा धान ..
14 घन्टा पहिले
भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको म..
काठमाडौं, साउन २० : भारत उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा मंगलबार भीषण बाढी आएको छ। मंगबार दिउँसाे एक्कास..
2 दिन पहिले
प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्क..
काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच ..
2 दिन पहिले
धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा
काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..
3 दिन पहिले