Janakpurdham
Fri, Jul 10, 2026
`

पोखरीको घाटमा कला र शिल्प कोर्दै छात्र-छात्राहरू

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

धनुषा,माघ २७ गते । यतिबेला जनकपुर पुनः साहित्य महोत्सवको रंगमा रंगीन थालिएको छ । जनकपुर साहित्य महोत्सवको पांचौ संस्करणको तैयारी द्रुत गतिमा अगाडि बढेको छ । यसै क्रममा जनकपुरधाम- नव मिथिला फॉउन्डेशनको आयोजनामा आज कला र शिल्प (आर्ट एंड क्राफ्ट) प्रतियोगिता सम्पन्न भएको छ। जनकपुरको नोचा पोखरि डिलमा स-सना विद्यार्थीहरू कला-शिल्प प्रदर्शन गरेका छन । कार्यक्रममा जनकपुरधामका मेयर मनोज साहले प्रमुख अतिथिको रुपमा संबोधन गर्दै छात्र-छात्रालाइ आफुभित्र रहेको क्षमता र शिप देखाउने यो राम्रो अबशर रहेको बताउनु भ ।

प्रमुख साहले सहभागी छात्र-छात्रालाइ बधाई दिदै कार्यक्रमका आयोजक नव मिथिला फॉउन्डेशनलाइ यस्ता आयोजनको निरन्तरता दि न शुझाएका थिए । प्रतियोगितामा जनकपुरधाममा निजी तथा सामुदायिक विद्यालयबाट ३५ जना छात्र छात्राले सहभागिता जनाएका थिए । प्रतिस्पर्धाबाट उत्कृष्ठ प्रथम , द्वितीय र तृतीयलाइ फाल्गुन १२ गते आयोजन हुने जनकपुर साहित्य महोत्सवको प्रमुख मंच मैं पुरस्कृत गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष अमित साहले जनाए । कार्यक्रममा गायक ललित कामतले सहभागी छात्र-छात्राको मनोवल बढाउन मैथिली लोकगीत गाएर हौशला बढाएका थिए। गायक कामत सहित पत्रकार विकास साह, मिश्रीलाल मधुकर, युवा नेता राकेश विक्रम साह, वडा सदश्य नीतू मल्लीक , निर्णायक मण्डलका विजय दत्त मणि लगायतलाइ संस्थाले सम्मान समेत गरेका थिए । कला र शिल्पमा प्रथम हुनेलाइ २१ हजार, द्वितीयलाइ ११ हजार र तृतीयलाइ ५ हजार १ सय नगद सहित कदर पत्र प्रदान गरिने छ।

`
12 comments
‘गणेश नेपालीको घटनाले समाज र राज्यलाई झस्काएको छ’

काठमाडौं, असार २६ : नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति दुःख व्यक्त गर्द..

6 मिनट पहिले

गणेश नेपाली प्रकरणमा गृहमन्त्रीले सोधे– घटनास्थलमा कुन..

काठमाडौं, असार २६ : गृहमन्त्री सुधन गुरुङ प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा भावुक बनेका छन् । रा..

9 मिनट पहिले

अस्ट्रेलिया र भारतबिच युरेनियम निर्यात सम्झौता

एजेन्सी, असार २५ गते ।अस्ट्रेलिया र भारतबिच अस्ट्रेलियाली युरेनियम भारतलाई निर्यात गर्ने महत्त्वपूर्ण सम्झौता..

1 दिन पहिले

इरानी आक्रमणपछि खसेको भग्नावशेषबाट कुवेतमा एक जना घाइत..

एजेन्सी, असार २५ गते ।  इरानले कुवेततर्फ प्रहार गरेका क्षेप्यास्त्र र ड्रोनलाई अवरोध गर्ने क्रममा खसेको भग्न..

1 दिन पहिले

ट्रेलर सार्वजनिकपछि चर्चामा ‘गौँथली’, शिक्षाबाट वञ्चित..

काठमाडौं, असार २५ : आगामी साउन १ गतेदेखि नेपाली फिल्म ‘गौँथली’ प्रदर्शन हुँदैछ । झन्डै २५ वर्ष अगाडि प्रदर्शन..

1 दिन पहिले