Janakpurdham
Sat, Oct 25, 2025
`

पोखरीको घाटमा कला र शिल्प कोर्दै छात्र-छात्राहरू

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

धनुषा,माघ २७ गते । यतिबेला जनकपुर पुनः साहित्य महोत्सवको रंगमा रंगीन थालिएको छ । जनकपुर साहित्य महोत्सवको पांचौ संस्करणको तैयारी द्रुत गतिमा अगाडि बढेको छ । यसै क्रममा जनकपुरधाम- नव मिथिला फॉउन्डेशनको आयोजनामा आज कला र शिल्प (आर्ट एंड क्राफ्ट) प्रतियोगिता सम्पन्न भएको छ। जनकपुरको नोचा पोखरि डिलमा स-सना विद्यार्थीहरू कला-शिल्प प्रदर्शन गरेका छन । कार्यक्रममा जनकपुरधामका मेयर मनोज साहले प्रमुख अतिथिको रुपमा संबोधन गर्दै छात्र-छात्रालाइ आफुभित्र रहेको क्षमता र शिप देखाउने यो राम्रो अबशर रहेको बताउनु भ ।

प्रमुख साहले सहभागी छात्र-छात्रालाइ बधाई दिदै कार्यक्रमका आयोजक नव मिथिला फॉउन्डेशनलाइ यस्ता आयोजनको निरन्तरता दि न शुझाएका थिए । प्रतियोगितामा जनकपुरधाममा निजी तथा सामुदायिक विद्यालयबाट ३५ जना छात्र छात्राले सहभागिता जनाएका थिए । प्रतिस्पर्धाबाट उत्कृष्ठ प्रथम , द्वितीय र तृतीयलाइ फाल्गुन १२ गते आयोजन हुने जनकपुर साहित्य महोत्सवको प्रमुख मंच मैं पुरस्कृत गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष अमित साहले जनाए । कार्यक्रममा गायक ललित कामतले सहभागी छात्र-छात्राको मनोवल बढाउन मैथिली लोकगीत गाएर हौशला बढाएका थिए। गायक कामत सहित पत्रकार विकास साह, मिश्रीलाल मधुकर, युवा नेता राकेश विक्रम साह, वडा सदश्य नीतू मल्लीक , निर्णायक मण्डलका विजय दत्त मणि लगायतलाइ संस्थाले सम्मान समेत गरेका थिए । कला र शिल्पमा प्रथम हुनेलाइ २१ हजार, द्वितीयलाइ ११ हजार र तृतीयलाइ ५ हजार १ सय नगद सहित कदर पत्र प्रदान गरिने छ।

`
12 comments
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

1 दिन पहिले

धमाधम छठ पर्वको तयारी सुरु

जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..

1 दिन पहिले

जनकपुरधाममा छठपर्वको तयारी सुरु

धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..

2 दिन पहिले

तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड

महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..

2 दिन पहिले

जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..

काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..

3 दिन पहिले