Janakpurdham
Fri, Sep 19, 2025
`

रोहित, देव र अनिलको उत्कृष्ट ब्याटिङ, नेपालले जित्यो सिरिज

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, माघ २७ : कप्तान रोहितकुमार पौडेल, देव खनाल र अनिल साहले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि नेपालले क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित निकालेको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा तीनै ब्याट्म्यानले अर्धशतक प्रहार गरेपछि नेपालले क्यानडामाथि ४ विकेटको सहज जित निकाल्यो।यो जितसँगै नेपालले तीन खेलको एकदिवसीय सिरिज जितेको छ। यसअघि बिहीबार भएको पहिलो खेल नेपालले ७ रनले जितेको थियो। टियू मैदानमा एकदिवसीय क्रिकेटमा नेपालको यो लागतार १२औं जित हो।

क्यानडाले दिएको २८६ रनको ठूलो लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो। नेपालका लागि रोहितले सर्वाधिक ८७ रन बनाए। उनले १०१ बलमा ८ चौका १ छक्का प्रहार गरे। यस्तै, लामो समयपछि राष्ट्रिय टिममा पुनरागमन गरेका देवले ८१ बmमा ७ चौका र २ छक्का प्रहार गर्दै ७६ रन बनाए। यी दुईले तेस्रो विकेटका लागि १५० रनको उत्कृष्ट साझेदारी गर्दै नेपाललाई सहज अवस्थामा लगेका थिए।

त्यसअघि टिममा पुनरागमन गरेका अर्का खेलाडी अनिलले विस्फोटक ब्याटिङ गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए। उनले २० बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाए। १९ बलमा अर्धशतक बनाएका उनी एकदिवसीयमा नेपालका लागि सर्वाधिक छिटो अर्धशतक बनाउने खेलाडी बने। यस्तै, भीम सार्कीले २३, पवन सर्राफले १४ रन बनाए।क्यानडाका हर्ष थाकेर र इश्वरजोत सोहीले समान २ विकेट लिँदा दिलप्रित बाज्वा र साद विन जाफरले समान १ विकेट लिए।त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनायो। उसका लागि ओपनर आरोन जोनसनले ६२ बलमा १० चौका र २ छक्का मद्दतमा सर्वाधिक ६५ रन बनाए।त्यस्तै अर्का ओपनर नवनित ढालिवाले ६० बलमा ४६ रन बनाए। यी दुईले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गर्दै क्यानडालाइ उत्कृष्ट सुरूवात दिलाएका थिए।यस्तै विकेट किपर ब्याट्सम्यान श्रेयस मोवाले ४२ बलमा ४०, पार्गत सिंहले ३८ बलमा ३८ तथा निकोलस किर्तोन र उदय भगवानले समान २० रनको योगदान दिए।नेपालका लागि कप्तान रोहित र कुशल मल्लले समान २ विकेट लिँदा डेब्यू खेलाडी आकाश चन्दा, पवन सर्राफ, सूर्य तामाङ र सोमपाल कामीले समान १ विकेट लिए।

साभार : काठमाडौं प्रेस

`
12 comments
मधेशका मुख्यमन्त्री- पार्टीमा स्पष्टीकरण दिन्छु, मुख्य..

जनकपुरधाम,असोज २ गते ।  मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सभामै आफूलाई परीक्षण गर्ने बत..

2 घन्टा पहिले

असाेज ३ लाई कालो दिनका रुपमा मनाउने संघीय मोर्चाको निर्ण..

काठमाडौं ,असोज २ गते । संघीय लोकतान्त्रिक मोर्चाले असाेज ३ लाई कालो दिनका रुपमा मनाउने भएको छ । संघीय लोकतान्त्रि..

2 घन्टा पहिले

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन

काठमाडौं, असोज १ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ। जसनुसार परिक्ष..

1 दिन पहिले

Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..

जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..

1 दिन पहिले

मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..

काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..

2 दिन पहिले