Janakpurdham
Fri, Oct 16, 2026
`

रोहित, देव र अनिलको उत्कृष्ट ब्याटिङ, नेपालले जित्यो सिरिज

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, माघ २७ : कप्तान रोहितकुमार पौडेल, देव खनाल र अनिल साहले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि नेपालले क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित निकालेको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा तीनै ब्याट्म्यानले अर्धशतक प्रहार गरेपछि नेपालले क्यानडामाथि ४ विकेटको सहज जित निकाल्यो।यो जितसँगै नेपालले तीन खेलको एकदिवसीय सिरिज जितेको छ। यसअघि बिहीबार भएको पहिलो खेल नेपालले ७ रनले जितेको थियो। टियू मैदानमा एकदिवसीय क्रिकेटमा नेपालको यो लागतार १२औं जित हो।

क्यानडाले दिएको २८६ रनको ठूलो लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो। नेपालका लागि रोहितले सर्वाधिक ८७ रन बनाए। उनले १०१ बलमा ८ चौका १ छक्का प्रहार गरे। यस्तै, लामो समयपछि राष्ट्रिय टिममा पुनरागमन गरेका देवले ८१ बmमा ७ चौका र २ छक्का प्रहार गर्दै ७६ रन बनाए। यी दुईले तेस्रो विकेटका लागि १५० रनको उत्कृष्ट साझेदारी गर्दै नेपाललाई सहज अवस्थामा लगेका थिए।

त्यसअघि टिममा पुनरागमन गरेका अर्का खेलाडी अनिलले विस्फोटक ब्याटिङ गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए। उनले २० बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाए। १९ बलमा अर्धशतक बनाएका उनी एकदिवसीयमा नेपालका लागि सर्वाधिक छिटो अर्धशतक बनाउने खेलाडी बने। यस्तै, भीम सार्कीले २३, पवन सर्राफले १४ रन बनाए।क्यानडाका हर्ष थाकेर र इश्वरजोत सोहीले समान २ विकेट लिँदा दिलप्रित बाज्वा र साद विन जाफरले समान १ विकेट लिए।त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनायो। उसका लागि ओपनर आरोन जोनसनले ६२ बलमा १० चौका र २ छक्का मद्दतमा सर्वाधिक ६५ रन बनाए।त्यस्तै अर्का ओपनर नवनित ढालिवाले ६० बलमा ४६ रन बनाए। यी दुईले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गर्दै क्यानडालाइ उत्कृष्ट सुरूवात दिलाएका थिए।यस्तै विकेट किपर ब्याट्सम्यान श्रेयस मोवाले ४२ बलमा ४०, पार्गत सिंहले ३८ बलमा ३८ तथा निकोलस किर्तोन र उदय भगवानले समान २० रनको योगदान दिए।नेपालका लागि कप्तान रोहित र कुशल मल्लले समान २ विकेट लिँदा डेब्यू खेलाडी आकाश चन्दा, पवन सर्राफ, सूर्य तामाङ र सोमपाल कामीले समान १ विकेट लिए।

साभार : काठमाडौं प्रेस

`
12 comments
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

13 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

14 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

13 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

2 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

2 दिन पहिले