Janakpurdham
Thu, Aug 07, 2025
`

जनकपुरधाममा बि वाइ डि दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट च्याम्पियन सीप २०८०: ज्ञानकुप र एरे ईन्टरनेशनल विजय

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,माघ २९ गते । जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको आजको खेलमा ज्ञानकुप मा वि र एरे ईन्टरनेशनल स्कुल विजय भएका छन ।

आजको पहिलो खेल ज्ञानकुप मा.वि.र संकटमोचन मा.वि. बीच भएको थियो जसमा ज्ञानकुप मा.वि. ले टस जितेर सुरुवातमा संकटमोचन मा.वि. लाई ब्याटिङका लागि आमन्त्रण गरेका थिए । ज्ञानकुप मा.वि. खेलाडीहरु निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७७ रनको लक्ष्य प्रतिद्धन्धी टिम समक्ष प्रस्तुत गरेका थिए । यस टिमका लागि मोहम्मद जसमुद्दिन अन्सारी ले ४८ बलमा ८३ रन र एम डि सौकत अलि ले २१ बलमा ३० रनको योगदान दिएका थिए।

ज्ञानकुप मा.वि. लागि बलिङ गरेका शिवम झा ले चार ओभरमा २७ रन खर्चेर एक विकेट र अरविन्द राय ले चार ओभरमा २८ रन खर्चेर एक विकेट लिए । 

जवाफ ब्याटिङका लागि आएका ज्ञानकुप मा.वि. ले १६.४ ओभरमा सबै विकेट गुमाएर ११९ रन मात्र बनाउन सकेको थियो । यस टिमका लागि सुमित यादव ले १० बलमा २४ र अरविन्द राय ले १२ बलमा १४ रन बनाए । संकटमोचन मा.वि. का लागि बलिङ गरेका एम डि सौकत अलि ले चार ओभरमा १४ रन खर्चेर ५ विकेट र निखिल यादव ले चार ओभरमा १६ रन खर्चेर २ विकेट लिए । यस खेलको म्यान अफ दी म्याच संकटमोचन मा.वि. का जसमुद्दिन अन्सारी अलि घोषित भएका थिए । यस खेलको म्यान अफ द म्याचको उपाधी नगर प्रमुखको प्रत्याशी जानकि राम साह द्वारा हस्तान्तरण गरिएको थियो।

त्यस्तै आजको दोस्रो खेल एरे ईन्टरनेशनल स्कुल र ग्यालेक्सी पब्लिक स्कुल बीच भएको थियो जसमा एरे ईन्टरनेशनल स्कुल ले टस जितेर सुरुवातमा ब्याटिङका रोजेको थियो । एरे ईन्टरनेशनल स्कुल का खेलाडीहरु निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १६३ रनको लक्ष्य प्रतिद्धन्धी टिम समक्ष प्रस्तुत गरेका थिए । यस टिमका लागि आकाश ठाकुर ले ४० बलमा ५४ र युवराज साहले ९ बलमा २२ रनको योगदान दिए ।

ग्यालेक्सी पब्लिक स्कुल का लागि बलिङ गरेका चन्दन साह ले चार ओभरमा ३६ रन खर्चेर तीन विकेट र युवराज सिंह ले चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिए । 

जवाफ ब्याटिङका लागि आएका ग्यालेक्सी पब्लिक स्कुल ले १२.५ ओभरमा सबै विकेट गुमाएर ६५ रन मात्र बनाउन सकेको थियो । यस टिमका लागि रायन राईन ले १९ बलमा २० बनाए भने बाकी खेलाडीहरुले खासै रन बनाउन सकेन । यस खेलको म्यान अफ दी म्याच एरे ईन्टरनेशनल स्कुल का आकाश ठाकुर घोषित भएका थिए । एरे ईन्टरनेशनल स्कुल का लागि बलिङ गरेका आकाश ठाकुर ले चार ओभरमा २० रन खर्चेर ४ विकेट र आदर्श झा ले चार ओभरमा ११ रन खर्चेर २ विकेट लिए । यस खेलको म्यान अफ द म्याचको उपाधी मधेस प्रदेशको अर्थमन्त्री माननीय संजय कुमार यादव द्वारा हस्तान्तरण गरिएको थियो।

प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार टि २० को आधारमा भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा प्रतियोगिता भईरहेको छ।

`
12 comments
भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको म..

काठमाडौं, साउन २० : भारत उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा मंगलबार भीषण बाढी आएको छ। मंगबार दिउँसाे एक्कास..

24 घन्टा पहिले

प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्क..

काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच ..

24 घन्टा पहिले

धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा

काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..

2 दिन पहिले

कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..

काठमाडौं  ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..

2 दिन पहिले

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

3 दिन पहिले