Janakpurdham
Thu, Aug 06, 2026
`

बिवाईडी(BYD) दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट : गोगल प्रसाद मा.वि. र सिदार्थ शिशु सदन विजय

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,फागुन २ गते ।जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत गोगल प्रसाद मा.वि. र सिदार्थ शिशु सदन विजय भएका छन ।

आजको पहिलो खेलमा गोगल प्रसाद मा.वि.र श्री राम स्कुल बीच खेल भएको थियो जसमा श्री राम स्कुलले टस जितेर ब्याटिङ रोजेको थियो । श्री राम स्कुलका खेलाडीहरु निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५२ रन बनाउन सफल भएका थिए । गोगल प्रसाद मा.वि. ले जितको लागि १५३ रनको लक्ष्य प्रतिद्वन्दी टिम समक्ष प्रस्तुत गरेका थिए । यस टिमका लागि एम सार्थक झा ले २६ बलमा ३२ रन र ईरसाद खानले ४६ बलमा ५४ रनको योगदान दिएका थिए।

गोगल प्रसाद मा.वि. का लागि बलिङ गरेका धिरज साह ले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट र सचिन ले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । 

जवाफ ब्याटिङका लागि आएका गोगल प्रसाद मा.वि. ले १७.३ ओभरमा ७ विकेटको क्षतिमा १५६ रन बनाएर ३ विकेटले जीत हासिल गर्यो । यस टिमका लागि अविनाश निधि ले ४० बलमा ४२ रन र विमलेश सहनीले १९ बलमा ३५ रन बनाए । श्री राम स्कुलका लागि बलिङ गरेका दिपेश मण्डल ले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट हासिल गर्न सफल भएका थिए भने ईरशाद खानले ३.३ ओभरमा १९ रन खर्चेर २ विकेट हासिल गरेका थिए । यस खेलको म्यान अफ दी म्याच गोगल प्रसाद मा.वि. का अविनाश निधि घोषित भएका थिए । यस खेलको म्यान अफ द म्याचको उपाधी लोसपा नेपालका वरिष्ठ नेता तथा पुर्व उप्रधानमन्त्री राजेन्द्र महतोद्वारा हस्तान्तरण गरिएको थियो।

त्यस्तै आजको दोस्रो खेल जनकपुर पब्लिक स्कुल र सिदार्थ शिशु सदन बीच भएको थियो जसमा जनकपुर पब्लिक स्कुलले टस जितेर ब्याटिङका लागि सिदार्थ शिशु सदन लाई आमन्त्रण गरेका थिए । सिदार्थ शिशु सदनका खेलाडीहरु १८ ओभरमा अल आउट हुदै ९६ रन बनाउन सफल भएका थिए। यस टिमका लागि मुकेश यादव ले २२ बलमा २२ र अनिश रोहिताले १६ बलमा १८ रनको योगदान दिएका थिए ।

जनकपुर पब्लिक स्कुलको तर्फबाट लागि बलिङ गरेका आदित्य यादवले चार ओभरमा १७ रन खर्चेर ४ विकेट र आतिश झाले चार ओभरमा एक मेडन ओवेर राख्दै २२ रन खर्चेर २ विकेट लिन सफल भएका थिए । 

जवाफी ब्याटिङका लागि आएका जनकपुर पब्लिक स्कुलका खेलाडीहरु माथि सिदार्थ शिशु सदनका खेलाडीहरु हाबी हुँदै १४.४ ओभरमा ६७ रनमै अलआउट पार्दै सिदार्थ शिशु सदनले २९ रनले जीत हासिल गरेका छन । यस टिमका लागि विकाश साहले १५ बलमा १० रन बनाए भने रिजवान राइनले २५ बलमा १६ रन बनाए । सिदार्थ शिशु सदनकाका लागि बलिङ गरेका आयुष यादवले चार ओभरमा ६ रन खर्चेर ४ विकेट र अनिश रोहिताले चार ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए । यस खेलको म्यान अफ दी म्याच सिदार्थ शिशु सदनका आयुष यादव घोषित भएका थिए । यस खेलको म्यान अफ द म्याचको उपाधी जनकपुर जेसिजका नव नियुक्त अध्यक्ष जेसि यातोस साह द्वारा हस्तान्तरण गरिएको थियो।

प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा प्रतियोगिता भईरहेको छ।

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

23 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

23 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

3 दिन पहिले