मिथिलामा धुमधामका साथ सरस्वतीको पूजा आराधना
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,फागुन २ गते । । विद्याकी अधिष्ठात्री देवी माता सरस्वतीको पूजा आराधना गर्दै भव्य रुपमा जनकपुरधाम सहित मधेश प्रदेशका जिल्लाहरूमा आज बिहानदेखि मनाईदैछ । जनकपुरधामका शिक्षालयहरूमा विद्यार्थीहरूले माता सरस्वतीको विधिपूर्वक पूजा आराधना सहित विविध सांस्कृतिक कार्यक्रम गरि सरस्वती पूजा गरिरहेका छन् ।बिहान देखि नै जनकपुरधाम सहित तराई मधेशका जिल्लाहरूमा विद्यार्थी, शिक्षक, अभिभावकहरूको अत्यधिक चहलपहल देखिएको छ । मिथिलामा माटोको प्रतिमा बनाएर सरस्वतीको पूजा गर्ने चलन अत्यधिक मात्रामा भएकाले ठाउँ ठाउँमा सरस्वतीको प्रतिमा स्थापित गरेर पूजा गरिएको थियो ।
जनकपुरधाम सहित मिथिलाका गाउँ गाउँमा रहेका विद्यालयहरूमा भएका स्थायी सरस्वती मन्दिरको सरसफाई तथा रंगरोगन गर्ने काम विगत एक साता अगाडी देखि नै हुँदै आएको छ । कतिपय विद्यालयमा सरस्वती मन्दिर नभएपछि माटोको प्रतिमा नै ल्याएर पूजा गरिएको छ ।
विगतको वर्षहरुमा सरस्वती पूजाको नाउँमा उत्श्रृखलता बढेपछि विद्यालयहरू तथा कलेज एवं स्थानीय प्रशासनले विद्यार्थीहरूलाई पोशाकमा आउन र सभ्य किसिमले गर्नका लागि निर्देशन दिएपछि धेरै विद्यार्थीहरू पोशाकमा नै विद्यालय तथा कलेजमा आएका थिए ।
केही विद्यार्थीहरूले विद्यालय वा कलेजको पोशाक भन्दा फरक पोशाक लगाएपनि सभ्य भएको खण्डमा मात्र विद्यालय वा कलेजमा प्रवेश गर्न दिएका थिए । कतिपय विद्यालयले पोशाक अनिवार्य गरेका कारणले विद्यार्थीहरू ती विद्यालयमा कम मात्रामा सरस्वती पूजामा सहभागी भएका थिए ।
सरस्वती पूजाका दिन विद्यार्थीहरूले फरक पोशाक मन पराउने भएकाले कतिपय विद्यार्थीहरूले विद्यालय तथा कलेजको पोशाक भन्दा फरक पोशाक लगाएका थिए । जनकपुरधामको पुरानो कलेजको रुपमा रहेको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा आयोजना गरिएको सरस्वती पूजामा पूर्व उपप्रधानमन्त्री एवं लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो सहभागी हुनु भएर पूजा अर्चना गर्नु भएको छ ।
जनकपुरधामको मिट कलेज तथा विद्यालयमा विद्यार्थीहरूले भव्य रुपमा सरस्वती पूजाको आयोजना गरेका छन् । पूजामा धेरै विद्यार्थीहरूले विद्यालयका पोशाक आएको र थोरै अन्य पोशाकमा आएपनि सभ्य किसिमले आएर पूजा गरेको प्राचार्य मनोज साहले जानकारी दिनु भयो ।

सामुदायिक विद्यालयहरूमा पोशाकमा कडाइ गरिएका कारणले जनकपुरधामको ज्ञानकूप संस्कृत नमूना माध्यमिक विद्यालयमा प्रायः विद्यार्थीहरू पोशाकमा नै आएका थिए । थोरै मात्र विद्यालय बाहेकका पोशाकमा आएपनि सभ्य किसिमले आउनेलाई प्रवेश गर्न दिएको प्रधानाध्यापक संजय कुमार झाले जानकारी दिनु भयो ।
धेरै विद्यार्थीहरू अध्ययनरत रहेको जनकपुरधामको सामुदायिक विद्यालय मध्येका एक संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयमा अधिकांश विद्यार्थी शिक्षक, शिक्षिकाहरू विद्यालयको पोशाकमा नै आएका थिए । विद्यालयमा सरस्वती पूजाको अवसरमा विविध सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरेको विद्यालयका प्रधानाध्यापक बलिराम साहले जानकारी दिनु भयो ।
यस पटक सरस्वती पूजाकै दिन प्रणय दिवस परेकाले कुनै प्रकारको उत्श्रृखल क्रियाकलाप नहोस् भन्नका लागि जिल्ला प्रशासन कार्यालयले सभ्य तरिकाले बनाउनका लागि सूचना जारी गरेका कारणले नगर क्षेत्रको सुरक्षा व्यवस्था पनि कडा बनाउने काम भएका थिए । साभार : रेडियो नेपाल
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
12 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
12 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
12 घन्टा पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
2 दिन पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
2 दिन पहिले
-
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
-
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
-
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ?
-
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने