
माता सरस्वतीको भव्यताका साथ पूजा सम्पन्न ,श्रीराम माविद्वारा विपन्न वर्गका लागि फ्रि छात्रवृतिको व्यवस्था
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, फागुन २ गते ।विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा-अराधना जनकपुरधाम सहित देशभरि धूमधामले मनाइदैछ।
बुधवार श्रीपञ्चमीको दिन जनकपुरधामका संस्थागत तथा सामुदायिक विद्यालय तथा क्याम्पसहरुमा विधि विधानका साथ सरस्वती माताको पूजा-अर्चना गरिएको छ।
विगत दुई दशक देखि शिक्षा क्षेत्रमा स्थापित रहेका श्रीराम माध्यमिक विद्यालयले मूर्ति स्थापना गरि भब्य्ताका साथ विभिन्न कार्यक्रम गरि माता सरस्वतीको पूजा-अर्चना गरेका छन् ।
यस सु-अवसरमा श्रीराम माविका व्यवस्थापक तथा सञ्चालक डा. संतोष कुमार कर्णले अशक्त तथा विपन्न वर्ग भएका विद्यार्थीहरुका लागि आजको दिन फ्रि छात्रवृतिको ब्यवस्था रहेको बताए ।
उनले सरस्वती पूजाको अवसरमा आजको दिन फ्रि नामाकंन तथा विशेष सुविधा दिइएको जनाए ।
उनले विद्यार्थीहरुको लागि पहिलो घर विद्यालय भएकोले अभिभावकले सम्पूर्ण जिम्मेवारी विद्यालयको कांधमा नछोडी बालबालिकाहरुलाई सहि दिशानिर्देश गर्न मिलेर अगाडि बढ्न आग्रह गरे ।
त्यस्तै मधेश प्रदेश जनकपुरधामका चर्चित कलेज रामस्वरुप रामसागर बहुमुखि क्याम्पसमा माता सरस्वतीको पूजाआजा विभिन्न सांस्कृतिक कार्यक्रम गरि मनाएका छन् ।
माता सरस्वतीको पूजा तथा सांस्कृतिक कार्यक्रमको आनन्द उठाउनका लागि दर्शनार्थिहरुको अपाड भिड देखियो ।
राराब स्वतन्त्र विद्यार्थी युनियन जनकपुरधामका अध्यक्ष मनिस कुमार यादवको नेतृत्वमा सम्पूर्ण तयारी ब्यवस्था मिलाइएको थियो ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्वमा साना बालबालिकालाई आजकै दिनदेखि अक्षराम्भ गराउने चलन रहेको छ ।
माता सरस्वती विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी विद्यार्थी साहित्यकार , कलाकार, पत्रकार, शिक्षक आ-आफ्ना कला साधनाका बस्तु कलम-कापी किताव बाद्ययन्त्र आदिलाई सरस्वतीको रुपमा आराधना गर्छन ।
यो दिनलाई बसंत पंचमी पनि भनिन्छ । माता सरस्वतीको पहिलो हातमा वीण, दोस्रोमा पुस्तक , तेस्रोमा माला र चौथो हातमा अभय मुद्रा हुन्छन् ।
माता सरस्वतीको पूजा पहेलो रंगको वस्त्र लगाएर गरेमा अत्यन्त शुभ फलदायी मान्ने गरिन्छ । यो दिन माता सरस्वतीको मंत्रको जाप गर्नु तथा सरस्वतीको वंदना गर्नु धेरै राम्रो मानिन्छ भन्ने चलन छ ।

भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको म..
काठमाडौं, साउन २० : भारत उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा मंगलबार भीषण बाढी आएको छ। मंगबार दिउँसाे एक्कास..
23 घन्टा पहिले
प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्क..
काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच ..
23 घन्टा पहिले
धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा
काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..
2 दिन पहिले
कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..
काठमाडौं ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..
2 दिन पहिले
बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..
काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..
3 दिन पहिले