जनकपुरधामलाई शैक्षिक नगरी बनाउने : नगर प्रमुख साह
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
राहुल कुमार सिंह
जनकपुरधाम, फागुन ४ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नंं.१ स्थित शिब शारदा से.ई.बो.स्कुलको १५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रवार विद्यालय प्राङ्गणमा विद्यालयका संस्थापकरप्रिन्सिपल सुजित कुमार मिश्रको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले माता सरस्वतीलाई माल्यार्पण गरि कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रम उद्घाटन गर्दै नगर प्रमुख साहले नगरलाई शैक्षिक नगरी बनाउने कार्ययोजनाहरु बारे बुदाँगत चर्चा गर्दै शिव शारदाले छोटो समयमा अभिभावकको मन जित्न सफल विध्यालयको रुपमा अगाडि बढेको भन्दै प्रशंसा गरेका छन । उपमहानगरपालिकाको शिक्षा जगतमा सामुदायिक विद्यालयहरुको साथै निजि विद्यालयहरुको पनि ठुलो योगदान रहेको बताउदै राज्यको निति नियमका कारण निजी विध्यालयहरुलाई मर्का परेको आफुले बुझेको बताएका छन । विद्यालयमा विद्यार्थी पठाएर मात्र दायित्व पुरा नहुने भएकोले पठन पाठनबारे चासो राख्न समेत अविधावकहरुलाई उनले सुझाव दिएका छन ।
त्यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट आतिथि तथा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य शैलेन्द्र झाले निजी विद्यालयहरूको शैक्षिक भौतिक स्थितिमा निकै सुधार भएको हुनाले विद्यार्थीहरुको गुणस्तरीय शिक्षामा समेत धेरै सुधार भएको बताउदै विद्यालयको प्रशंसा गरेका छन । बालबालिकालाई गुणस्तरीय शिक्षासँगै व्यवहारिक ज्ञान समेत दिन उत्तिकै आवश्यक रहेको बताउँदै उनले शिक्षक , अभिभावक र विद्यार्थी तीनै पक्ष मिलेर मात्रै विद्यालयको शिक्षामा गुणस्तर वृद्धि गर्न सकिने बताए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले शिब शाारदाले छोटो समयमा सोचे भन्दा राम्रो नतिजा दिन सफल बोर्डिङ स्कुलको रुपमा स्थापित भएको भन्दै प्रशंसा गरेको थियो ।
त्यस्तै विद्यालयमा हालै सम्पन्न भएको तेस्रो त्रैमासिक परिक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका पुर्व उपाध्यक्ष एवंम गोरखापत्र सम्वाददाता धवेन्द्र झा , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंह , मधेश व्यावसन केन्द्रिय अध्यक्ष अमरेन्द्र झा , पत्रकार पुरन साह लगायतका व्यतिmहरुको सहभागिता रहेको थियो ।




नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
16 घन्टा पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
17 घन्टा पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
2 दिन पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
2 दिन पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
2 दिन पहिले