
सुडी समाज महासंघ नेपालको दुई दिवसीय प्रथम महाधिवेशन जनकपुरधाममा सुरू
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

दिपेश मल्लिक
जनकपुरधाम , फागुन ६ गते ।मधेश प्रदेशको राजधानी जनकपुरधाममा सुडी समाज महासंघ नेपालको दुई दिवसीय प्रथम महाधिवेशन भब्यताका साथ सुरु भएको छ ।
शनिवार भएको महाधिवेशनको समुदघाटन ११२ वर्षिया वृद्धा मरनी देवी साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको उद्घाटन सत्रमा मधेस प्रदेश सरकारकी युवा तथा समाज कल्याण मन्त्री सुरिता साहले समाजको उत्थान, पहिचान र सम्मानको लागि सबै मिलेर अघि बढेमा आर्थिक , समाजिक, राजनीतिक तथा संस्कृतिक क्षेत्रको बिकास हुने बताइन् ।
मन्त्री साहले सुडी समाज महासंघ नेपाललाई शुभकामना दिदै बन्दसत्रबाट नयां नेतृत्वमा आउने साथिहरुले सवैलाई समेट्न जरुरी रहेका ध्यानाकर्षण गराईन ।
सुडी समाज महासंघ नेपालको केन्द्रिय अध्यक्ष सीए परमेश्वर महासेठको अध्यक्षता सम्पन्न भएको समुदघाटन कार्यक्रममा सितामढी युवा संघ जिल्ला परिषदका अध्यक्ष अजय पूर्वेले नेपाल र मित्र राष्ट्र भारतमा रहेका सुडी समुदाय बीच सुमधुर सम्बन्ध हुन आवश्यक रहेको बताए ।
यस उद्घाटन समारोहलाई सम्बोधन गर्दै जनकपुधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले प्रथम महाधिवेशनको सफलताको शुभकामनाका दिदै बन्दसत्रवाट निर्वाचित हुने नया पदाधिकारीहरुलाई आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न सुझाव दिए ।
उदघाटनसत्रमा सुडी समाज महासंघ नेपालका महासचिव राम उदार महासेठ, महामन्त्री श्यामसुन्दर प्रसाद, मुम्बई शोनिक सुडि समाजका अध्यक्ष रमेश राउत, सुडि यूवा भारतका अध्यक्ष प्रह्लाद पूर्वे, गिनीज बुकमा नाम दर्ज गराएका जनकपुरधामका यूवा डा. नबल पजियार, अखिल भारतीय सोन्डिक संघका उपसभापति दिलीप कुमार, गायतकाले महाधिवेशन सफलतापूर्वक सम्पन्नका लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सुडी समाज महासंघ नेपालले बरिष्ठ पत्रकार तथा स्वतन्त्रता सेनानी रामभरत साह, गिनीज बुक रेकर्डर डा. नवल पजियार, समाजसेवि रामचन्द्र साह सहितका ब्यतिmत्वहरुलाई कदरपत्र प्रदान गरि सम्मान गरेका थिए ।

भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको म..
काठमाडौं, साउन २० : भारत उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा मंगलबार भीषण बाढी आएको छ। मंगबार दिउँसाे एक्कास..
20 घन्टा पहिले
प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्क..
काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच ..
20 घन्टा पहिले
धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा
काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..
2 दिन पहिले
कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..
काठमाडौं ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..
2 दिन पहिले
बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..
काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..
3 दिन पहिले