Janakpurdham
Fri, Oct 16, 2026
`

सुडी समाज महासंघ नेपालको दुई दिवसीय प्रथम महाधिवेशन जनकपुरधाममा सुरू

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपेश मल्लिक

जनकपुरधाम , फागुन ६ गते ।मधेश प्रदेशको राजधानी जनकपुरधाममा सुडी समाज महासंघ नेपालको दुई दिवसीय प्रथम महाधिवेशन भब्यताका साथ सुरु भएको छ । 

शनिवार भएको महाधिवेशनको समुदघाटन ११२ वर्षिया वृद्धा मरनी देवी साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको उद्घाटन सत्रमा मधेस प्रदेश सरकारकी युवा तथा समाज कल्याण मन्त्री सुरिता साहले समाजको उत्थान, पहिचान र सम्मानको लागि सबै मिलेर अघि बढेमा आर्थिक , समाजिक, राजनीतिक तथा संस्कृतिक क्षेत्रको बिकास हुने बताइन् । 

मन्त्री साहले सुडी समाज महासंघ नेपाललाई शुभकामना दिदै बन्दसत्रबाट नयां नेतृत्वमा आउने साथिहरुले सवैलाई समेट्न जरुरी रहेका ध्यानाकर्षण गराईन । 

सुडी समाज महासंघ नेपालको केन्द्रिय अध्यक्ष सीए परमेश्वर महासेठको अध्यक्षता सम्पन्न भएको समुदघाटन कार्यक्रममा सितामढी युवा संघ जिल्ला परिषदका अध्यक्ष अजय पूर्वेले नेपाल र मित्र राष्ट्र भारतमा रहेका सुडी समुदाय बीच सुमधुर सम्बन्ध हुन आवश्यक रहेको बताए । 

यस उद्घाटन समारोहलाई सम्बोधन गर्दै जनकपुधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले प्रथम महाधिवेशनको सफलताको शुभकामनाका दिदै बन्दसत्रवाट निर्वाचित हुने नया पदाधिकारीहरुलाई आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न सुझाव दिए ।  

उदघाटनसत्रमा सुडी समाज महासंघ नेपालका महासचिव राम उदार महासेठ, महामन्त्री श्यामसुन्दर प्रसाद, मुम्बई शोनिक सुडि समाजका अध्यक्ष रमेश राउत, सुडि यूवा भारतका अध्यक्ष प्रह्लाद पूर्वे, गिनीज बुकमा नाम दर्ज गराएका जनकपुरधामका यूवा डा. नबल पजियार, अखिल भारतीय सोन्डिक संघका उपसभापति दिलीप कुमार, गायतकाले महाधिवेशन सफलतापूर्वक सम्पन्नका लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सुडी समाज महासंघ नेपालले बरिष्ठ पत्रकार तथा स्वतन्त्रता सेनानी रामभरत साह, गिनीज बुक रेकर्डर डा. नवल पजियार, समाजसेवि रामचन्द्र साह सहितका ब्यतिmत्वहरुलाई कदरपत्र प्रदान गरि सम्मान गरेका थिए ।

`
12 comments
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

12 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

12 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

12 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

2 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

2 दिन पहिले