पत्रकारिता जगतलाई बलियो बनाउन जरुरी : सभामुख मण्डल
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,फागुन ६ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सङ्घीयतालाई बलियो बनाउन पत्रकारिता जगतलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय समाचार समितिको ६३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा मधेश प्रदेश कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको “सङ्घीयतामा पत्रकारिता र रासस” विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले पत्रकारिता जगतमा भएको कमी कमजोरीहरूलाई सुधार गर्दै देश, जनता तथा संविधानको पक्षमा जिम्मेवार बन्न आवश्यक भएको बताउनुभयो ।
उहाँले राष्ट्रिय समाचार समिति आफैँमा समाचारको ठूलो श्रोत रहेको बताउँदै यसका समाचारहरू जहिले पनि सत्य तथ्यमा आधारित भएको जनविश्वासलाई अगामी दिनमा अझ बढी बलियो बनाउँदै जाने आशा व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले नेपालको पत्रकारिता शहर केन्द्रित हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै गाउँका जनताको पिडा तथा जनजीविका विषयमा बढी समाचार बाहिर ल्याउन आवश्यक भएको बताउनुभयो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डले सामाजिक सञ्जालको बढ्दो प्रयोगले पत्रकारिता क्षेत्रमा धेरै चुनौतीहरू थपिँदै गएको बताउँदै पत्रकारिताको हितका लागि भए पनि यसको पुनर्संरचना हुन जरुरी रहेको बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले राष्ट्रिय समाचार समितिले आधिकारिक समाचार दिने प्रमुख संस्थाको रुपमा रहेकाले जनकपुरधाम उपमहानगरपालिकाले रासससँग मैथिली भाषाको बुलेटिन प्रकाशनमा सहकार्य गरेर काम गर्न तयार भएको बताउनुभयो ।
आमसञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले मुलुकमा सङ्घीयता, समावेशीता सहितका विषयमा विगतमा आम सञ्चार जगतले खेलेको भूमिकाका कारणले मुलुकमा सङ्घीयता आएकाले सञ्चार जगतको संरक्षण गर्ने दायित्व पनि तीनै तहका सरकारको भएको बताउनुभयो ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठले पत्रकारिता क्षेत्रले सरकार तथा नागरिकका बीचमा पुलको रुपमा काम गर्ने गरेको बताउँदै पत्रकारहरू जहिले पनि तटस्थ भएर कलम चलाउन आवश्यक भएको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रिंकु गायत्री मिश्रले सङ्घीयता ल्याउनमा सञ्चार जगतको भूमिका महत्त्वपूर्ण भए पनि अहिले मिडिया क्षेत्र अप्ठ्यारोमा पर्दा सङ्घीयता पक्षधरको ध्यान नदिनु चिन्ताको विषय भएको बताउनुभयो ।
नेपाल पकार महासङ्घ धनुषाका अध्यक्ष मनिका झाले पत्रकारहरू अहिले पत्रकारिता क्षेत्रबाट नै पलायनको अवस्थामा पुग्दा सरोकारवाला निकाय मूकदर्शक बन्नु चिन्ताको विषय भएको बताउँदै विज्ञापन बजारमा व्यापक अनियमितता हुने गरेको आरोप लगाउनुभयो ।
राष्ट्रिय समाचार समिति मधेश प्रदेशका प्रमुख टिकाराम सोनारको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार एवं गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक सीताराम अग्रहरी, वरिष्ठ पत्रकार हिमांशु चौधरी, रेडियो नेपालका संवाददाता अजय कुमार झा, राससका महोत्तरी प्रतिनिधि गोपाल बराल सहितका वक्ताहरूले बोल्नुभएको थियो ।
साभार : रेडियो नेपाल
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
12 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
12 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
12 घन्टा पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
2 दिन पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
2 दिन पहिले
-
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
-
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
-
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ?
-
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने