
पत्रकारिता जगतलाई बलियो बनाउन जरुरी : सभामुख मण्डल
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,फागुन ६ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सङ्घीयतालाई बलियो बनाउन पत्रकारिता जगतलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय समाचार समितिको ६३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा मधेश प्रदेश कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको “सङ्घीयतामा पत्रकारिता र रासस” विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले पत्रकारिता जगतमा भएको कमी कमजोरीहरूलाई सुधार गर्दै देश, जनता तथा संविधानको पक्षमा जिम्मेवार बन्न आवश्यक भएको बताउनुभयो ।
उहाँले राष्ट्रिय समाचार समिति आफैँमा समाचारको ठूलो श्रोत रहेको बताउँदै यसका समाचारहरू जहिले पनि सत्य तथ्यमा आधारित भएको जनविश्वासलाई अगामी दिनमा अझ बढी बलियो बनाउँदै जाने आशा व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले नेपालको पत्रकारिता शहर केन्द्रित हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै गाउँका जनताको पिडा तथा जनजीविका विषयमा बढी समाचार बाहिर ल्याउन आवश्यक भएको बताउनुभयो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डले सामाजिक सञ्जालको बढ्दो प्रयोगले पत्रकारिता क्षेत्रमा धेरै चुनौतीहरू थपिँदै गएको बताउँदै पत्रकारिताको हितका लागि भए पनि यसको पुनर्संरचना हुन जरुरी रहेको बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले राष्ट्रिय समाचार समितिले आधिकारिक समाचार दिने प्रमुख संस्थाको रुपमा रहेकाले जनकपुरधाम उपमहानगरपालिकाले रासससँग मैथिली भाषाको बुलेटिन प्रकाशनमा सहकार्य गरेर काम गर्न तयार भएको बताउनुभयो ।
आमसञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले मुलुकमा सङ्घीयता, समावेशीता सहितका विषयमा विगतमा आम सञ्चार जगतले खेलेको भूमिकाका कारणले मुलुकमा सङ्घीयता आएकाले सञ्चार जगतको संरक्षण गर्ने दायित्व पनि तीनै तहका सरकारको भएको बताउनुभयो ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठले पत्रकारिता क्षेत्रले सरकार तथा नागरिकका बीचमा पुलको रुपमा काम गर्ने गरेको बताउँदै पत्रकारहरू जहिले पनि तटस्थ भएर कलम चलाउन आवश्यक भएको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रिंकु गायत्री मिश्रले सङ्घीयता ल्याउनमा सञ्चार जगतको भूमिका महत्त्वपूर्ण भए पनि अहिले मिडिया क्षेत्र अप्ठ्यारोमा पर्दा सङ्घीयता पक्षधरको ध्यान नदिनु चिन्ताको विषय भएको बताउनुभयो ।
नेपाल पकार महासङ्घ धनुषाका अध्यक्ष मनिका झाले पत्रकारहरू अहिले पत्रकारिता क्षेत्रबाट नै पलायनको अवस्थामा पुग्दा सरोकारवाला निकाय मूकदर्शक बन्नु चिन्ताको विषय भएको बताउँदै विज्ञापन बजारमा व्यापक अनियमितता हुने गरेको आरोप लगाउनुभयो ।
राष्ट्रिय समाचार समिति मधेश प्रदेशका प्रमुख टिकाराम सोनारको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार एवं गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक सीताराम अग्रहरी, वरिष्ठ पत्रकार हिमांशु चौधरी, रेडियो नेपालका संवाददाता अजय कुमार झा, राससका महोत्तरी प्रतिनिधि गोपाल बराल सहितका वक्ताहरूले बोल्नुभएको थियो ।
साभार : रेडियो नेपाल

भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको म..
काठमाडौं, साउन २० : भारत उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा मंगलबार भीषण बाढी आएको छ। मंगबार दिउँसाे एक्कास..
20 घन्टा पहिले
प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्क..
काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच ..
20 घन्टा पहिले
धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा
काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..
2 दिन पहिले
कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..
काठमाडौं ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..
2 दिन पहिले
बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..
काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..
3 दिन पहिले