भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटले नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपक बस्नेत
असार ३, तामाकोशी ।
भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटले नव निर्वाचित उपलव्ध जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।
बधाई तथा शुभकामना कार्यक्रममका प्रमुख अतिथी प्रोण प्रताप के.सीले सहकारीसँगको सहकार्यमा जनताको आय आर्जनमा बढवा दिने र सहकारीमा भएको पुँजीलाई परिचालनको लागि विभिन्न योजना तयार गरिरहेको बताउँनु भयो । कृषि, पशुपालन र सहकारीलाई पालिकाले महत्व दिने र सहकारी मार्फत स्थानियको जीवनमा परिर्वतन गर्न सकिने उहाँको भनाई थियो । अध्यक्ष के.सी. का अनुसार सहकारीसँग मिलेर घुम्ती फनको रुपमा सहकारीको पुँजी र तामाकोशी गाउँपालिकाको सहकार्यमा काम गर्दा पालिकाले गर्न खोजेको काम हुने, सहकारीको पुँजी परिचालन हुने र जनताको जीवनस्तर माथी उठ्ने छ । कार्यक्रममा वोल्नु हुदै के.सीले गाउँपालिकाको पहिलो बैठकले गरेको निर्णयको बारेमा चर्चा गर्नु भयो ।
भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सिताराम उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि सृजना सुवेदीले सहकारीले संचालन गरेको दाना उद्योग किसानसँग जोडिएको हुँदा मिलेर काम गर्नु पर्ने र गाउँपालिकाले कृषिमा विषेश जोडदिएको हुँदा सहकारीको उद्देशय र पालिकाको उद्देश्य मिल्दो जुल्दो भएकाले एक अपसमा सहकार्य गरि जानु पर्ने भनाई राख्नु भयो । संस्थाका अध्यक्ष सिताराम उप्रेतीले सहकारीको गतिविधि, संस्थाको परिकल्पना, संस्थाको संगठनात्मक ढाँचा लगाएतका विषयमा जानकारि गराउँनु भएको थियो ।
कार्यक्रममा तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटका वडा अध्यक्ष बसन्त थापा, वडा नम्वर ४ मालुका वडा अध्यक्ष नारायण खड्का सुरज, भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका संचालक समिति सदस्य रमेश कार्की, निर्वतमान अध्यक्ष श्यम काजी कुटुवाल लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, सहकारीका संचालक समिति, कर्मचारी लगाएतको उपस्थिति रहेको थियो । संस्थाको जेष्ठ मसान्त सम्मको शेयर पुँजी २ कारोड ७२ लाख २४ हजार १ सय रहेको छ ।
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..
14 घन्टा पहिले
कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..
14 घन्टा पहिले
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
2 दिन पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
2 दिन पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
3 दिन पहिले