Janakpurdham
Fri, Sep 19, 2025
`

सुरक्षित रहन खोप आवश्यक : नगर प्रमुख साह

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`


दिपेश मल्लिक
जनकपुरधाम, ७ फागुन ।
दादुरा-रुबेला महामारी विभिन्न स्थानहरुमा फैलिएको हुंदा रोगसंग लड्ने क्षमता प्रदान गर्न तथा सुरक्षित रह्नका लागि खोप लगाउनु आवश्यक रहेको जनकपुरधाम उप महानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले बताएका छन् ।
दादुरा-रुबेला खोप अभियान एक दिने गोष्ठीलाई जनकपुरधाम उपमहानगरपालिकामा सोमबार सम्बोधन गर्दै उनले बालबालिकाहरुमा ९ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकाहरुलाई अनिवार्य रुपमा खोप लगाउन आग्रह गरे ।
धनुषाको १८ वटा स्थानीय तहमध्ये पहिलो चरण फाल्गुन १३ गते देखि २१ गते सम्ममा ९ वटा स्थानीय तहमा खोप सेवा उपलब्ध गराइने कार्यक्रम रहेको छ ।
स्थानीय तह अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका, नगराईन नगरपालिका, मुखियापट्टि मुसहरनिया गाउंपालिका, हंसपुर नगरपालिका, लक्ष्मीनिया गाउंपालिका, क्षिरेश्वर नगरपालिका, बटेश्वर गाउपालिका , मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिकामा दादुरा रुबेला खोपको सेवा दिईने जिल्ला स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेब यादबले बताए ।
दोस्रो चरणमा धनौजी गाउंपालिका, औरही गाउंपालिका , विदेह नगरपालिका ,
जनकनन्दनी गाउंपालिका, कमला नगरपालिका , शहिदनगर नगरपालिका , सबैला नगरपालिका , धनुषाधाम नगरपालिका, मिथिला बिहारी नगरपालिकामा खोप लगाइने ब्यवस्था रहेको ध्यानाकर्षण
गराए ।
लक्षित समूहमा पर्ने बालबालिकाहरुमा ९ महिना देखि ५ वर्ष मुनिका लक्ष्य ६७ हजार २ सय ४४ जनालाई खोप दिईने लक्ष्य छ भने ५ वर्ष देखि १५ वर्ष मुनिका लक्ष्य १ लाख ५८ हजार ७ सय ८६ गरि जम्मा २ लाख २६ हजार ३० बालबालिकाहरु दादुरा रुबेला खोप दिइने लक्ष्यमा रहेको बताए ।
उनले स्वास्थ्य कार्यालयले १ हजार १ सय १२ वटा खोप केन्द्र अन्तर्गत ८ सय ३३ वटा विद्यालयमा खोप दिने लक्ष्य लिएको जानकारी गराए । यसका लागि २ हजार २ सय २४ जना स्वयमसेवक र ४ सय जना दक्ष स्वास्थ्यकर्मीलाई परिचलन गरिने बताए ।
त्यस्तै १ सय ७३ वटा आधारभुत स्वास्थ्य संस्था र ५ वटा प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप दिन लागेको जानकारी समेत गराए ।

`
12 comments
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन

काठमाडौं, असोज १ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ। जसनुसार परिक्ष..

22 घन्टा पहिले

Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..

जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..

23 घन्टा पहिले

मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..

काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..

2 दिन पहिले

कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हल..

काठमाडौं ,भदौ ३१ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुक..

2 दिन पहिले

मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..

काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..

3 दिन पहिले