Janakpurdham
Fri, Oct 16, 2026
`

सुरक्षित रहन खोप आवश्यक : नगर प्रमुख साह

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`


दिपेश मल्लिक
जनकपुरधाम, ७ फागुन ।
दादुरा-रुबेला महामारी विभिन्न स्थानहरुमा फैलिएको हुंदा रोगसंग लड्ने क्षमता प्रदान गर्न तथा सुरक्षित रह्नका लागि खोप लगाउनु आवश्यक रहेको जनकपुरधाम उप महानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले बताएका छन् ।
दादुरा-रुबेला खोप अभियान एक दिने गोष्ठीलाई जनकपुरधाम उपमहानगरपालिकामा सोमबार सम्बोधन गर्दै उनले बालबालिकाहरुमा ९ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकाहरुलाई अनिवार्य रुपमा खोप लगाउन आग्रह गरे ।
धनुषाको १८ वटा स्थानीय तहमध्ये पहिलो चरण फाल्गुन १३ गते देखि २१ गते सम्ममा ९ वटा स्थानीय तहमा खोप सेवा उपलब्ध गराइने कार्यक्रम रहेको छ ।
स्थानीय तह अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका, नगराईन नगरपालिका, मुखियापट्टि मुसहरनिया गाउंपालिका, हंसपुर नगरपालिका, लक्ष्मीनिया गाउंपालिका, क्षिरेश्वर नगरपालिका, बटेश्वर गाउपालिका , मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिकामा दादुरा रुबेला खोपको सेवा दिईने जिल्ला स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेब यादबले बताए ।
दोस्रो चरणमा धनौजी गाउंपालिका, औरही गाउंपालिका , विदेह नगरपालिका ,
जनकनन्दनी गाउंपालिका, कमला नगरपालिका , शहिदनगर नगरपालिका , सबैला नगरपालिका , धनुषाधाम नगरपालिका, मिथिला बिहारी नगरपालिकामा खोप लगाइने ब्यवस्था रहेको ध्यानाकर्षण
गराए ।
लक्षित समूहमा पर्ने बालबालिकाहरुमा ९ महिना देखि ५ वर्ष मुनिका लक्ष्य ६७ हजार २ सय ४४ जनालाई खोप दिईने लक्ष्य छ भने ५ वर्ष देखि १५ वर्ष मुनिका लक्ष्य १ लाख ५८ हजार ७ सय ८६ गरि जम्मा २ लाख २६ हजार ३० बालबालिकाहरु दादुरा रुबेला खोप दिइने लक्ष्यमा रहेको बताए ।
उनले स्वास्थ्य कार्यालयले १ हजार १ सय १२ वटा खोप केन्द्र अन्तर्गत ८ सय ३३ वटा विद्यालयमा खोप दिने लक्ष्य लिएको जानकारी गराए । यसका लागि २ हजार २ सय २४ जना स्वयमसेवक र ४ सय जना दक्ष स्वास्थ्यकर्मीलाई परिचलन गरिने बताए ।
त्यस्तै १ सय ७३ वटा आधारभुत स्वास्थ्य संस्था र ५ वटा प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप दिन लागेको जानकारी समेत गराए ।

`
12 comments
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

12 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

12 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

12 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

2 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

2 दिन पहिले