Janakpurdham
Thu, Aug 07, 2025
`

नव मिथिला फाउण्डेशनको आयोजनामा जनकपुर साहित्य महोत्सव सुरु हुने

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपेश मल्लिक

जनकपुरधाम, फागुन ८ गते ।  मधेश प्रदेश जनकपुरधाममामा त्रिदिवसीय जनकपुर साहित्य महोत्सव–२०८० पांचौ संस्करण फाल्गुन १० गतेदेखि सुरु हुने भएको छ । नव मिथिला फाउन्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा फाल्गुन १०, ११ र १२ गते राम मन्दिरको प्राङ्नमा तीन दिने महोत्सव हुने पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ । नव मिथिला फाउनडेसनको अध्यक्ष तथा संयोजक अमित साहले विगत चार वर्षदेखि जानकी मन्दिर प्राङगनमा हुने महोत्सव केही प्राविधिक कारणले स्थान परिवर्तन भएको बताए । अध्यक्ष साहले महोत्सवमा शिक्षा, स्वास्थ्य, साहित्य, नीति, अर्थतन्त्र, सुशासन, खेलकुद, सम्पदा, संस्कार जस्ता विषयहरुमा गहन छलफल गरिने ध्यानाकर्षण गराए । उनले फाउण्डेसनको हुनलागेको पांचौ जनकपुर साहित्य महोत्सवमा विभिन्न विषयहरुको उठान गरि १८ वटा प्यानलमा छलफल गरिने धारण राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कालाकारहरुद्वारा सांगितिक मनोरंजन उत्साहका साथ प्रस्तुती गरिने बताए । नव मिथिला फाउनडेसनको उपाध्यक्ष आदित्य नेपालले महोत्सवमा करिब ४० लाख खर्च हुने जनाए । उनले महोत्सवमा हुने विभिन्न सत्रका बारेमा उल्लेख गर्दै उदघाट्न सत्रमा जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज कुमार साहद्वारा स्वागत मन्तव्य दिईने बताए । श्री महाबीर यूवा कमिटिका अध्यक्ष अजय कुमार गुप्ताले साहित्य महोत्सवको आयोजनाले जनकपुधाममा पर्यटकिय आवागमनको संगै कला–संस्कृतिको समुच्चित विकास हुने बताए । उनले नव मिथिला फाउन्डेसनलाई स–हृदय धन्यवाद ज्ञापन गर्दै महोत्सवमा भाग लिन सवैलाई आग्रह गरे ।

`
12 comments
भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको म..

काठमाडौं, साउन २० : भारत उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा मंगलबार भीषण बाढी आएको छ। मंगबार दिउँसाे एक्कास..

20 घन्टा पहिले

प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्क..

काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच ..

20 घन्टा पहिले

धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा

काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..

2 दिन पहिले

कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..

काठमाडौं  ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..

2 दिन पहिले

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

3 दिन पहिले