Janakpurdham
Fri, Oct 16, 2026
`

नव मिथिला फाउण्डेशनको आयोजनामा जनकपुर साहित्य महोत्सव सुरु हुने

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपेश मल्लिक

जनकपुरधाम, फागुन ८ गते ।  मधेश प्रदेश जनकपुरधाममामा त्रिदिवसीय जनकपुर साहित्य महोत्सव–२०८० पांचौ संस्करण फाल्गुन १० गतेदेखि सुरु हुने भएको छ । नव मिथिला फाउन्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा फाल्गुन १०, ११ र १२ गते राम मन्दिरको प्राङ्नमा तीन दिने महोत्सव हुने पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ । नव मिथिला फाउनडेसनको अध्यक्ष तथा संयोजक अमित साहले विगत चार वर्षदेखि जानकी मन्दिर प्राङगनमा हुने महोत्सव केही प्राविधिक कारणले स्थान परिवर्तन भएको बताए । अध्यक्ष साहले महोत्सवमा शिक्षा, स्वास्थ्य, साहित्य, नीति, अर्थतन्त्र, सुशासन, खेलकुद, सम्पदा, संस्कार जस्ता विषयहरुमा गहन छलफल गरिने ध्यानाकर्षण गराए । उनले फाउण्डेसनको हुनलागेको पांचौ जनकपुर साहित्य महोत्सवमा विभिन्न विषयहरुको उठान गरि १८ वटा प्यानलमा छलफल गरिने धारण राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कालाकारहरुद्वारा सांगितिक मनोरंजन उत्साहका साथ प्रस्तुती गरिने बताए । नव मिथिला फाउनडेसनको उपाध्यक्ष आदित्य नेपालले महोत्सवमा करिब ४० लाख खर्च हुने जनाए । उनले महोत्सवमा हुने विभिन्न सत्रका बारेमा उल्लेख गर्दै उदघाट्न सत्रमा जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज कुमार साहद्वारा स्वागत मन्तव्य दिईने बताए । श्री महाबीर यूवा कमिटिका अध्यक्ष अजय कुमार गुप्ताले साहित्य महोत्सवको आयोजनाले जनकपुधाममा पर्यटकिय आवागमनको संगै कला–संस्कृतिको समुच्चित विकास हुने बताए । उनले नव मिथिला फाउन्डेसनलाई स–हृदय धन्यवाद ज्ञापन गर्दै महोत्सवमा भाग लिन सवैलाई आग्रह गरे ।

`
12 comments
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

10 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

11 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

10 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

2 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

2 दिन पहिले