Janakpurdham
Wed, Aug 06, 2025
`

दोस्रो प्रयासबाट जनकपुर एयरपोर्टमा अवतरण भयो मुख्यमन्त्री यादवसहितको विमान

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, ९ फागुन ।मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहित काठमाडौंबाट उडान भरेको बुद्ध एयरको उडान नम्बर यु फोर ५०९ को यात्रुवाहक विमान बुधबार साँझ जनकपुर विमानस्थलमा ओभरसुट गरी पुनः अवतरण गरेको छ ।

जनकपुर विमानस्थलमा एककासि स्याल देखिएपछि ७० यात्रु उडान भरिरहेको विमानका चालकले अवतरण हुनुभन्दा निमेष भरअघि विमानलाई ओभरसुट गराएका थिए । ओभरसुट (विमान अवतरण हुने अन्तिम क्षणमा रनवेमा नआई पुनः उडान भर्ने) हुँदा विमानलाई करिब २० मिनेट सिरहा र धनुषामा फन्को मार्नुपरेको थियो । यस अवस्थालाई होल्ड समेत भनिन्छ ।

जनकपुर विमानस्थलस्थित बुद्धएयरका स्टेशन म्यानेजर विजयकुमार सिँहले धावनमार्गमा कुनै वस्तु देखिएर सामान्य अवरोधको अवस्था तथा हावाको गतिका कारण ओभरसुट हुने गरेको बताए ।

कहिलेकाँही अनस्टेवल एप्रोच र एप्रोच फाइल नमिलेर पनि त्रिभुवन विमानस्थललगायत नेपालका अन्य एयरपोर्टमा विमान ओभरसुट हुनेगरेका छन् ।

विमान चालकले जोखिम मोल्न नचाहेर ओभरसुट गराउने गरेको र यो सामान्य अवस्था सामान्य भएको स्टेशन म्यानेजर सिँहको भनाइ छ ।

विमानमा सवार नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य शैलेन्द्र झाले गुन्टा कसेर विमानबाट निस्कने मनस्थितिमा रहेका बेला अवतरण नहुँदै विमान एक्कासि उचाइ लिन थालेको र अलिक बेर फन्को मार्दैै अवतरण भएको बताए ।

‘प्रायः हवाईयात्रा गर्नेका लागि यस्तो अनुभव नौलो र फरक नभए पनि कम हवाईयात्रा गरेका यात्रुलाई यो अवस्थाले त्रसित तुल्याउँछ नै । विमानमा केही यात्रुका अनुहार मलिन रहेको पाएँ,’ झाले भने ।

विमान आभरसुट भएको र त्यसको कारण धावनमार्गमा स्याल आएको जानकारी विमान परिचारिकाले विमान उडिरहेकै बेला सुनाई यात्रुलाई सान्तवना दिएका थिए ।

बुद्ध एयरको ओभरसुटका कारण यति एयरको विमानसमेत जनकपुरमा अवतरण हुनुपूर्व होल्डमा परेको थियो ।

 

साभार : टोलपडोस

`
12 comments
भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको म..

काठमाडौं, साउन २० : भारत उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा मंगलबार भीषण बाढी आएको छ। मंगबार दिउँसाे एक्कास..

6 घन्टा पहिले

प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्क..

काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच ..

6 घन्टा पहिले

धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा

काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..

1 दिन पहिले

कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..

काठमाडौं  ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..

1 दिन पहिले

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

3 दिन पहिले