दादुरा–रुबेला बिरुद्धको खोप लिन मेयर साहद्वारा आग्रह
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपेश मल्लिक
जनकपुरधाम, फागुन ९ गते । मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा दादुरा–रुबेला बिरुद्धको खोप अभियान २०८०–८१ अन्तर्गत धनुषा जिल्लामा दुई चरणमा खोप लगाइने भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका खोप समन्वय समितिले बुधवार स्थानीय तथा वडा स्तरीय तहमा दादुरा रुबेला खोप सम्बन्धी बैठक तथा अभिमुखीकरण गोष्ठिको आयोजना गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले ९ महिना देखि १५ वर्ष सम्मका बच्चाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप लिन आग्रह गरे ।
मेयर साहले दादुरा–रुबेला खोप केन्द्रको व्यवस्था विद्यालयहरुमा भएकाले प्रधानाध्यापकहरुलाई अभियानलाई सफल बनाउन निर्देशन दिए ।
उनले दादुरा–रुबेला महामारी विभिन्न जिल्लाहरुमा फैलिएको हुंदा रोगसंग लड्ने क्षमता प्रदान गर्न तथा सुरक्षित रह्नका लागि खोप लगाउनु आवश्यक रहेको ध्यानाकर्षण गराए ।
उनले जनकपुधाम उपमहानगरपालिका अन्तर्गत ९ वटा वडामा खोपपूर्ण घोषणा तथा १० वटा केन्द्रको स्थापना भएपनि महुवा तथा लोहनामा संक्रमित फेला पर्दा खोप लिन जरुरी रहेको बताए ।
दादुरा–रुबेला खोप अभियानलाई प्रथम चरण र दोस्रो चरण गरि दुई चरणमा बांडेका छन् ।
धनुषाको १८ वटा स्थानीय तहमध्ये पहिलो चरण फाल्गुन १३ गते देखि २१ गते सम्ममा ९ वटा स्थानीय तहमा खोप सेवा उपलब्ध गराइने कार्यक्रम रहेको छ ।
स्थानीय तह अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका, नगराईन नगरपालिका, मुखियापट्टि मुसहरनिया गाउंपालिका, हंसपुर नगरपालिका, लक्ष्मीनिया गाउंपालिका, क्षिरेश्वर नगरपालिका, बटेश्वर गाउपालिका , मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिकामा दादुरा रुबेला खोपको सेवा दिईने जिल्ला स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेब यादबले जनाए ।
अधिकृत यादवले दोस्रो चरणमा धनौजी गाउंपालिका, औरही गाउंपालिका , विदेह नगरपालिका , जनकनन्दनी गाउंपालिका, कमला नगरपालिका , शहिदनगर नगरपालिका , सबैला नगरपालिका , धनुषाधाम नगरपालिका, मिथिला बिहारी नगरपालिकामा खोप लगाइने ब्यवस्था रहेका बताए ।
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
10 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
11 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
11 घन्टा पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
2 दिन पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
2 दिन पहिले
-
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
-
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
-
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ?
-
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने