Janakpurdham
Wed, Aug 06, 2025
`

दादुरा–रुबेला बिरुद्धको खोप लिन मेयर साहद्वारा आग्रह 

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपेश मल्लिक 

जनकपुरधाम, फागुन ९ गते । मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा दादुरा–रुबेला बिरुद्धको खोप अभियान २०८०–८१ अन्तर्गत धनुषा जिल्लामा दुई चरणमा खोप लगाइने भएको छ ।  

जनकपुरधाम उपमहानगरपालिका खोप समन्वय समितिले बुधवार स्थानीय तथा वडा स्तरीय तहमा दादुरा रुबेला खोप सम्बन्धी बैठक तथा अभिमुखीकरण गोष्ठिको आयोजना गरेको हो ।  

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले ९ महिना देखि १५ वर्ष सम्मका बच्चाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप लिन आग्रह गरे । 

मेयर साहले दादुरा–रुबेला खोप केन्द्रको व्यवस्था विद्यालयहरुमा भएकाले प्रधानाध्यापकहरुलाई अभियानलाई सफल बनाउन निर्देशन दिए । 

उनले दादुरा–रुबेला महामारी विभिन्न जिल्लाहरुमा फैलिएको हुंदा रोगसंग लड्ने क्षमता प्रदान गर्न तथा सुरक्षित रह्नका लागि खोप लगाउनु आवश्यक रहेको ध्यानाकर्षण गराए । 

उनले जनकपुधाम उपमहानगरपालिका अन्तर्गत ९ वटा वडामा खोपपूर्ण घोषणा तथा १० वटा केन्द्रको स्थापना भएपनि महुवा तथा लोहनामा संक्रमित फेला पर्दा खोप लिन जरुरी रहेको बताए । 

 दादुरा–रुबेला खोप अभियानलाई प्रथम चरण र दोस्रो चरण गरि दुई चरणमा बांडेका छन् । 

धनुषाको १८ वटा स्थानीय तहमध्ये पहिलो चरण फाल्गुन १३ गते देखि २१ गते सम्ममा ९ वटा स्थानीय तहमा खोप सेवा उपलब्ध गराइने कार्यक्रम रहेको छ । 

स्थानीय तह अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका, नगराईन नगरपालिका, मुखियापट्टि मुसहरनिया गाउंपालिका, हंसपुर नगरपालिका, लक्ष्मीनिया गाउंपालिका, क्षिरेश्वर नगरपालिका, बटेश्वर गाउपालिका , मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिकामा दादुरा रुबेला खोपको सेवा दिईने जिल्ला स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेब यादबले जनाए । 

अधिकृत यादवले दोस्रो चरणमा धनौजी गाउंपालिका, औरही गाउंपालिका , विदेह नगरपालिका , जनकनन्दनी गाउंपालिका, कमला नगरपालिका , शहिदनगर नगरपालिका , सबैला नगरपालिका , धनुषाधाम नगरपालिका, मिथिला बिहारी नगरपालिकामा खोप लगाइने ब्यवस्था रहेका बताए ।

`
12 comments
भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको म..

काठमाडौं, साउन २० : भारत उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा मंगलबार भीषण बाढी आएको छ। मंगबार दिउँसाे एक्कास..

5 घन्टा पहिले

प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्क..

काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच ..

5 घन्टा पहिले

धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा

काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..

1 दिन पहिले

कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..

काठमाडौं  ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..

1 दिन पहिले

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

3 दिन पहिले