
राष्ट्रपति रनिङ सिल्ड प्रतियाेगिता शैक्षिक क्यालेन्डरमा समावेश गरिने : मेयर साह
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

दिपेश मल्लिक
जनकपुरधाम, फागुन १० गते । जनकपुरधाममा नगर स्तरीय तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
रामजानकी रंगशालामा बुधवार आयोजीत समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै जनकपुरधाम नगरपालिकाका मेयर मनोज कुमार साहले विद्यालय स्तरीय राष्ट्रपति रनिडशिल्ड प्रतियोगिता शैक्षिक क्यालेन्डरमा समावेश गरिने बताए ।
नगर प्रमुख साहले प्रतियोगितामा ६ वटा गेम गराउन निधो भएपनि तीन वटा गेम एथलेटिक्स, भलिबल र कराते गराएर सिजन वनको सुरुवात भईसकेको ध्यानाकर्षण गराए ।
उनले जनकपुरधाममा सामुदायिक तथा संस्थागत गरि करिब १ सय ५० विद्यालय भएकाले दश दिन पहिला पूर्व सूचना दिएर विद्यार्थीहरुलाई तयार गरि सिजनटुको लागि राष्ट्रपति रनिड शिल्ड प्रतियोगिता गरिने उल्लेख गरे ।
उनले राष्टपति रनिड शिल्ड प्रतियोगिताका लागि छुटै बजेट बिनियोजन गरिने जानकारी दिए ।
उनले विद्यार्थीहरुलाइ बढि मोवाईल चलाउनवाट आकर्षण हटाई फिजकल तथा मेन्टल फिटनेस बढाउन खेल संगै पढाइकाे आवश्यकता रहेको जनाए ।
उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलाडिको क्रेज बढि देखिएकाले मधेश प्रदेशलाई खेलमा अग्रसरता लिन मनाेवल बढाए ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष पुण्य प्रताप यादवकाे अध्यक्षतामा भएकाे खेलमा एथलेटिक्स प्रशिक्षक कनहिया कर्णले प्रतियोगितामा १२ वटा विद्यालयहरू सहभागी रहेका जनाए ।
उनले जनकपुरधाम उपमहानगरपालिकाद्वारा गेममा भएकाे ब्यवस्थापन सराहनीय रहेकाे बताए ।
कराते प्रशिक्षक लभ यादवले खेलले खेलाडिहरूका मन मस्तिष्कको विकास हुनुकाे साथै एकाग्रता बढाउनमा मद्दत पुग्छ भने ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा वडाअध्यक्ष मिथिलेश कर्ण, परमेश्वर साह, जितबहादुर राउत, शिक्षा शाखाका अञ्जु पाण्डे लगायतका उपस्थिति रहेका थिए ।

भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको म..
काठमाडौं, साउन २० : भारत उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा मंगलबार भीषण बाढी आएको छ। मंगबार दिउँसाे एक्कास..
6 घन्टा पहिले
प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्क..
काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच ..
6 घन्टा पहिले
धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा
काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..
1 दिन पहिले
कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..
काठमाडौं ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..
1 दिन पहिले
बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..
काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..
3 दिन पहिले