नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल धनुषा र सिरहा जोड्ने कमलामा निर्माण
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,फागुन १० गते । नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल धनुषा तथा सिरहालाई जोड्ने कमला नदिमा निर्माण सम्पन्न भएको छ ।नेपाल सरकारको ३४ करोडको लगानीमा निर्माण भएको सो झोलुङ्गे पुलको लम्बाई १५००.४४ मिटर र चौडाई १.२ मिटर रहेको निर्माणमा विना पारिश्रमिक लिएर प्राविधिक सहयोग गर्नु भएका इन्जिनियर विनोद कुमार मण्डलले जानकारी दिनु भएको छ ।
नेपाल सरकारको स्थानीय पूर्वाधार विभाग झोलुङ्गे पुलको रेखदेखमा निर्माण भएको सो पुलको भार क्षमता ५ सय ४० मेट्रिक टन रहेको छ भने एक पटकमा ३ हजार ८६ जना व्यक्ति ओहोर दोहोर गर्न मिल्ने भएको इन्जिनियर मण्डलले बताउनु भयो ।
यस अघि नेपालको सबै भन्दा लामो पुल दोधारा चाँदनीको रहेकोमा अव कमला नदिमा निर्माण भएको झोलुङ्गे पुल सबै भन्दा ठूलो भएको इन्जिनियर मण्डलले जानकारी दिनु भयो । सपना उमा थानी निर्माण सेवाले डेढ वर्ष लगाएर उक्त पुलको निर्माण भएको छ ।
कमला नदिमा झोलुङ्गे पुलको निर्माण भएपछि धनुषा तथा सिरहा जिल्लाका लाखौँ व्यक्ति लाभान्वित भएका छन् । मोटरसाइकल, साइकल, पैदल यात्री ओहोर दोहोर गर्न मिल्ने भएपनि मझौला तथा ठूला सवारी साधन चल्ने अवस्था रहेको छैन । कमलामा १३ वर्ष देखि निर्माण भएको पक्की पुल निर्माण नभएपछि वैकल्पिक रुपमा सर्वसाधारणले झोलुङ्गे पुलको प्रयोग गर्ने भएको छ ।
कमला नदिमा निर्माण भएको सो पुलको प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन १२ गते पर्सि शनिवार उद्घाटन गर्नु हुने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले जानकारी दिनु भएको छ । पुल धनुषाको जनक नन्दनी वडा नंं ६ र सिरहाको मलहनीयालाई जोड्ने काम गरेको छ ।
साभार : रेडियो नेपाल
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
10 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
11 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
10 घन्टा पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
2 दिन पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
2 दिन पहिले
-
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
-
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
-
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ?
-
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने