Janakpurdham
Wed, Aug 06, 2025
`

नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल धनुषा र सिरहा जोड्ने कमलामा निर्माण

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,फागुन १० गते । नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल धनुषा तथा सिरहालाई जोड्ने कमला नदिमा निर्माण सम्पन्न भएको छ ।नेपाल सरकारको ३४ करोडको लगानीमा निर्माण भएको सो झोलुङ्गे पुलको लम्बाई १५००.४४ मिटर र चौडाई १.२ मिटर रहेको निर्माणमा विना पारिश्रमिक लिएर प्राविधिक सहयोग गर्नु भएका इन्जिनियर विनोद कुमार मण्डलले जानकारी दिनु भएको छ । 

नेपाल सरकारको स्थानीय पूर्वाधार विभाग झोलुङ्गे पुलको रेखदेखमा निर्माण भएको सो पुलको भार क्षमता ५ सय ४० मेट्रिक टन रहेको छ भने एक पटकमा ३ हजार ८६ जना व्यक्ति ओहोर दोहोर गर्न मिल्ने भएको इन्जिनियर मण्डलले बताउनु भयो । 

यस अघि नेपालको सबै भन्दा लामो पुल दोधारा चाँदनीको रहेकोमा अव कमला नदिमा निर्माण भएको झोलुङ्गे पुल सबै भन्दा ठूलो भएको इन्जिनियर मण्डलले जानकारी दिनु भयो । सपना उमा थानी निर्माण सेवाले डेढ वर्ष लगाएर उक्त पुलको निर्माण भएको छ ।

कमला नदिमा झोलुङ्गे पुलको निर्माण भएपछि धनुषा तथा सिरहा जिल्लाका लाखौँ व्यक्ति लाभान्वित भएका छन् । मोटरसाइकल, साइकल, पैदल यात्री ओहोर दोहोर गर्न मिल्ने भएपनि मझौला तथा ठूला सवारी साधन चल्ने अवस्था रहेको छैन । कमलामा १३ वर्ष देखि निर्माण भएको पक्की पुल निर्माण नभएपछि वैकल्पिक रुपमा सर्वसाधारणले झोलुङ्गे पुलको प्रयोग गर्ने भएको छ ।  

कमला नदिमा निर्माण भएको सो पुलको प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन १२ गते पर्सि शनिवार उद्घाटन गर्नु हुने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले जानकारी दिनु भएको छ । पुल धनुषाको जनक नन्दनी वडा नंं ६ र सिरहाको मलहनीयालाई जोड्ने काम गरेको छ । 

साभार : रेडियो नेपाल

`
12 comments
भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको म..

काठमाडौं, साउन २० : भारत उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा मंगलबार भीषण बाढी आएको छ। मंगबार दिउँसाे एक्कास..

6 घन्टा पहिले

प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्क..

काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच ..

6 घन्टा पहिले

धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा

काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..

1 दिन पहिले

कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..

काठमाडौं  ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..

1 दिन पहिले

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

3 दिन पहिले