
मधेश प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा दादुरा-रूबेला सम्बन्धि अभिमुखीकरण गाेष्ठीकाे आयाेजना
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

दिपेश मल्लिक
जनकपुरधाम, फागुन ११ गते । दादुरा–रुबेला खोप अभियान २०८०–८१ अन्तर्गत मधेश प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा अभिमुखीकरण गोष्ठीको आयोजना गरिएको छ । शुक्रवार सञ्चारकर्मीहरुसंग आयोजित गोष्ठीमा स्वास्थ्य निर्देशनालयका खोप अधिकृत लक्ष्मेश्वर झाले फाल्गुन १३ गते देखि चैत्रको ७ गते भित्र ९ महिना देखि १५ वर्ष सम्मको बालबालिकालाई खोप दिने लक्ष्य रहेको जानकारी दिए । खोप अधिकृत झाले मधेश प्रदेशका आठ वटा जिल्लाहरुमा करिब १९ लाख बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने लक्ष्य रहेको बताए । उनले ७७ वटा जिल्लाहरुमा मधेश प्रदेशको पूर्ण खोप घोषण भएका जिल्लाहरु सिरहा, सप्तरी, सर्लाही र बारा तथा घोषणा हुन प्रक्रियामा धनुषा, महोत्तरी, रौतहट र पर्सा रहेको जनाए । उनले मधेश प्रदेशमा कुल जम्मा खोप केन्द्र संख्या ११ हजार ३ सय ४६ रहेका जसमध्ये खोप कार्यकर्ता १५ हजार ५ सय ८४ तथा स्वयंसेवक संख्या १५ हजार ५ सय ८४ रहेका उल्लेख गरे । स्वास्थ्य निर्देशनालयका निमिति निर्देशक श्रवण कुमार नायकले दादुरा रुवेला भ्याक्सिन १० मात्रा भाइल २ लाख ५१ हजार ७ सय ९८ प्राप्त भएको तथा ए.डी. सिरिन्ज ०.५ एम.एल. २ करोड १९ लाख ४ हजार साथै घोलक सिरिज ५ एम.एल. २ लाख १९ हजार ६०० सय र सेफ्टी बक्स २६ हजार ९ प्राप्त भएका ध्यानाकर्षण गराए । उनले दादुरा–रुबेला विरुद्धको खोप अभियान तोकिएको तथा लक्षित समूहका लागि सुरक्षा कवचको रुपमा रहेकाले जनसमुदायलाई सुसुचित गर्न हरेक क्षेत्रवाट पहल हुनुपर्ने बताए । यस कार्यक्रमको मूख्य उद्देश्य बालबालिकाहरुमा दादुरा–रुबेला, धनुष्टंकार, अपाङता, पोलियो जस्ता रोगलाई नियन्त्रण, निवारण र उन्मुलन गर्नु हो । सन् २०१८ मा पहिलाको तुलनामा ९७ प्रतिशत बिरामीहरु घटेको हुंदा रुबेला र जन्मजात रुबेला सिन्ड्रोम नियन्त्रणको प्रमाण पत्र नेपालले प्राप्त गरेका जानकारी WHO का प्रविण झाले जानकारी दिए । कार्यक्रममा WHO का डा. सुरेश कुमार शुक्ला तथा डा. नितेश मिश्रा लगायतका उपस्थिति रहेका थिए ।

प्रचण्डकी छोरी गंगा दाहालले दिइन् सचिवालयबाट राजीनामा
काठमाडौं, कात्तिक ३ : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट रा..
20 घन्टा पहिले
लक्ष्मी पूजामा झिलिमिली काठमाडौं
काठमाडौं, कात्तिक ३ : हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले सजिएको छ। तिहारमा झिल..
20 घन्टा पहिले
कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा
काठमाडौँ,कार्तिक ३ गते । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मी..
2 दिन पहिले
काँग्रेस धनुषाका सभापति विरुद्ध पक्राउ पूर्जी
जनकपुरधाम ,कार्तिक २ गते । नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार विरुद्ध पक्राउ पूर्जी जारी भएक..
2 दिन पहिले
कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तय..
काठमाडौं, कात्तिक १ : नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तया..
3 दिन पहिले