
मधेश प्रदेशको चार जिल्लाका कारण नेपाल पुर्ण खोप देश घोषणा हुनबाट वन्चित
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम ,फागुन ११ गते । मधेश प्रदेशको चार र वागमती प्रदेशको एक गरी पाँच जिल्ला पुर्ण खोप जिल्ला घोषणा हुन नसकेका कारण नेपाल अन्तराष्ट्रिय स्तरमा पुर्णखोप देश घोषणा हुन नसकेको जानकारी दिइएको छ ।
देशभर फागुन १३ गते देखि चैत्र ७ गते सम्म संचालन हुन लागेको राष्ट्रिय खोप कार्यक्रम २०८०/८१ दादुरा रुबेला खोप अभियान सम्बन्धि जानकारी दिन शुक्रबार मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयले जनकपुरधाममा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा खोप अधिकृत लक्ष्मेश्वर झाले सो जानकारी दिनु भएको हो । उहाँले मधेश प्रदेशको धनुषा, महोत्तरी ,रौतहट,पर्सा र वागमती प्रदेशको नुवाकोट अझै पनि पुर्ण खोप जिल्ला घोषणा हुन बाँकी रहेकोले नेपाल पुर्ण खोप देश घोषणा हुन बाट बन्चित भएको बताउनु भयो । उहाँले नेपाल सरकार र प्रदेश सरकारको नीति तथा कार्यक्रममा पुर्ण खोप घोषणा गर्ने विषय आएपनि इच्छाशक्तिको अभावमा भने त्यो हुन नसकेको उहाँको भनाई छ । उहाँले मधेश प्रदेशमा नियमित खोपको कोभरेज ८० प्रतिशत रहेको र चार प्रतिशत बालबालिकाले एउटापनि खोप नलगाएको तथ्याँक प्रस्तुत गर्नु भएको थियो ।
सन २०२६ सम्ममा दादुरा रुवेला रोगको निवारण गर्न र खोपवाट बचाउन सकिने रोगहरुको नियन्त्रण र निवारणका लागि यस खोप अभियानमा ९ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई दादुरा रुवेलाको खोप दिने कार्यक्रमको साथसाथै पाँच वर्ष मुनिका बालबालिकालाई छुटेका खोपहरुपनि दिने कार्यक्रम रहेकोले आ आफनो बालबालिकालाई खोपकेन्द्र सम्म पुर्याउनका लागि अभिभावकहरुमा खोप अधिकृत झाले आग्रह गर्नु भयो ।उहाँले नौ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई २४ जिल्लामा र नौ महिना देखि पाँच वर्ष मुनिका बालबालिका लाई ५१ जिल्लामा यो अभियान संचालन हुने उहाँले जानकारी गराउनु भयो ।
उहाँले मधेश प्रदेशको आठ जिल्ला मिलाएर नौ महिना देखि १५ वर्ष मुनिका १९ लाख ४७ हजार १४२ जना बालबालिकालाई खोप दिने लक्ष्य रहेको र त्यसका लागि ११ हजार ३४६ खोप केन्द्र ,१५ हजार ५८५ खोप कार्यकर्ता र १५ हजार ५८४ स्वयंसेवक परिचालन हुने उहाँले जानकारी गराउनु भयो । खोप अधिकृत झाले १५ वर्ष मुनिका १४ प्रतिशत बालबालिकाको मृत्युको कारण न्यूमोनिया रहेको र विगत तीन वर्षमा पिखोपको कभरेज कम रहेको जानकारी दिनु भयो । कार्यक्रममा विश्व स्वास्थ्य संगठनका प्रविण झा स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत श्रवण नायक सहितको सहभागिता रहेको थियो ।

भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको म..
काठमाडौं, साउन २० : भारत उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा मंगलबार भीषण बाढी आएको छ। मंगबार दिउँसाे एक्कास..
5 घन्टा पहिले
प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्क..
काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच ..
5 घन्टा पहिले
धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा
काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..
1 दिन पहिले
कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..
काठमाडौं ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..
1 दिन पहिले
बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..
काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..
3 दिन पहिले