Janakpurdham
Wed, Aug 06, 2025
`

धनुषाका धनाैजी गाउँपालिकामा विद्यार्थीको लागि मिथिला चित्रकला तालिम सञ्चालन

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`


दिपेश मल्लिक

जनकपुरधाम, फागुन १२ गते । धनुषा जिल्लाको धनौजी गाउंपालिका वडा नं. २ मा ज्ञान ज्योती ई. बोर्डिङ्ग स्कूलद्वारा ४ दिने मिथिला चित्रकला तालिम शुरु भएको छ ।
विद्यार्थी भाइबहिनीहरुका लागि मिथिला चित्रकला तालिमको आयोजना शनिवार देखि शुरु भएको हो ।
धनौजी गाउंपालिकाकी उपाध्यक्ष रामबती मण्डलले मिथिला चित्रकला तालिमको आयोजनाले विद्यार्थीभाइबहिनीहरुमा दक्षता अभिवृद्धि हुनुको साथै सिर्जनशील र रचनात्मक सोचको विकास हुने बताईन।
उपाध्यक्ष मण्डलले विद्यार्थीमा लुकेको प्रतिभाको पहिचान संगै आत्मविश्वास बढ्ने ध्यानाकर्षण गराईन।


उनले सामूदायिक तथा संस्थागत विद्यालयमा बालबालीकाे क्षमता  बिकासका लागि अतिरिक्त क्रियाकलापहरु हुनु जरुरीरहेका बताउंदै पालिकाद्वारा सहयोग गरिने प्रतिबद्धता गरिन ।
उनले विद्यार्थीहरुका शारीरिक, मानसिक, सामाजिक, सिर्जनशील र रचनात्मक  विकास गर्न चित्रकला, बादविवाद, हाजिरीजवाब, गीत-संगीत आदि कार्यक्रमहरु समय-समयमा हुनुपर्ने बताईन ।
ज्ञान ज्योती ई. बोर्डिङका स्कूलका ब्यवस्थापक तथा प्रिन्सिपल दिपेन्द्र कुमार मण्डलले विद्यार्थीहरुका प्रतिभा उजागर गर्नका लागि निःशुल्क तालिमको ब्यवस्था गरिएकाे बताए ।


प्रिन्सिपल मण्डलले कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरुका लागि मिथिला चित्रकला तालिमको ब्यवस्था विद्यालयद्वारा गरिएको जानकारी दिए ।
उनले शिक्षा योजनामा अतिरिक्त क्रियाकलापलाई पाठ्यपुस्तकमा अनिवार्य गराउनुपर्ने धारणा राखे ।
उदघाट्न कार्यक्रममा धनाैजी गाउपालिका लाेसपा अध्यक्ष उपेन्द्र मंडल, वडा नं. ४ का वडाध्यक्ष रामसाेभित मण्डल, वडा सदस्य राेशन मिश्र, पुर्व वडाध्यक्ष रामदुलार मण्डल , महिला प्रशिक्षक सूयकला साह लगायतका व्यक्ति  उपस्थित रहेका थिए ।

 

`
12 comments
भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको म..

काठमाडौं, साउन २० : भारत उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा मंगलबार भीषण बाढी आएको छ। मंगबार दिउँसाे एक्कास..

6 घन्टा पहिले

प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्क..

काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच ..

6 घन्टा पहिले

धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा

काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..

1 दिन पहिले

कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..

काठमाडौं  ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..

1 दिन पहिले

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

3 दिन पहिले