
राष्ट्रिय दादुरा रूवेला खाेप अभियान विधिवत रूपमा सुरू
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

दिपेश मल्लिक
जनकपुरधाम, फागुन १३ गते । राष्ट्रिय खोप कार्यक्रम २०८०–८१ दादुरा–रुबेला खोप अभियानको विधिवत रुपमा सुरुवात भएको छ । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आईतवार जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ बेला स्थित श्री राम लक्ष्मण रा.प्रा.विद्यालयमा उदघाटन तथा शुभारम्भ कार्यक्रम सञ्चालन गरिएको हो ।
उदघाटन कार्यक्रमको प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज कुमार साहले ९ महिना देखि १५ वर्ष सम्मको बालबालिकालाई दादुरा–रुबेला खोप लिनका लागि आग्रह गरे । नगर प्रमुख साहले फाल्गुन १३ गते देखि २१ गते सम्म जनकपुरधाम उपमहानगरपालिका भित्र खोप कार्यक्रम रहेकाे जानकारी दिए ।
मधेश स्वास्थ्य निर्देशनालयका निर्देशक राजिव झाले दादुरा–रुबेला विरुद्धको खोप अभियानमा तोकिएको तथा लक्षित समूहका बालबालिकाहरुलाई खोप लिनका लागि प्रेरित गरे । उनले कार्यक्रमको उद्देश्य बालबालिकाहरुमा दादुरा–रुबेला, धनुष्टंकार, अपाङता, पोलियो जस्ता रोगलाई नियन्त्रण, निवारण र उन्मुलन गर्नु जनाए ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ का वडाध्यक्ष राघवेन्द्र प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका खोप अधिकृत लक्ष्मेश्वर झाले मधेश प्रदेशका आठ वटा जिल्लाहरुमा करिब १९ लाख बालबालिकाहरुलाई दादुरा–रुबेला खोप लगाइने लक्ष्य रहेको बताए । उनले मधेश प्रदेशमा कुल जम्मा खोप केन्द्र संख्या ११ हजार ३ सय ४६ रहेका जसमध्ये खोप कार्यकर्ता १५ हजार ५ सय ८४ तथा स्वयंसेवक संख्या १५ हजार ५ सय ८४ रहेका उल्लेख गरे ।
स्वास्थ्य निर्देशनालयका निमिति निर्देशक श्रवण कुमार नायकले दादुरा–रुबेला खोप अभियान बालबालिकाका लागि सुरक्षा कवचको रुपमा रहेकाे ध्यानाकर्षण गराए । उनले मधेश प्रदेशमा फागुन १३ गते देखि चैत्र ७ गते भित्रमा कार्यक्रम गर्ने कार्यतालिका रहेकाे जानकारी गराए ।

कांग्रेस केन्द्रीय समिति बैठक चारपाँच दिन चल्ने, यस्तो छ..
काठमाडौं, असार १६ : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै चार–पाँच दिनसम्म चल्ने भएकाे छ। साेमबारकाे बैठ..
9 घन्टा पहिले
ओलीलाई प्रधानमन्त्री बनाएकोप्रति शेखरको आपत्ति
काठमाडौं, असार १६ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर..
19 घन्टा पहिले
प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारि..
काठमाडौं, असार १५ : प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक–२०८२ बहुमतले पारित भएको छ। प्रतिनिधिसभा बैठ..
2 दिन पहिले
सोमबारदेखि शुरु हुने कांग्रेस बैठकका लागि ६ एजेण्डा तय
काठमाडौं, असार १५ : सोमबारदेखि सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका लागि ६ वटा एजेण्डा तय भए..
2 दिन पहिले
कृषि तथा पशुपालनलाई व्यवसायमुखी तथा रोजगारमूलक वनाउनुप..
जनकपुरधाम, १४ असार । जनकपुरधाम उपमहानगरपालिका उपमेयर किशोरी साहले ग्रमिणक्षेत्रका महिलालाई कृषि तथा पशुपालन..
2 दिन पहिले