Janakpurdham
Fri, Oct 16, 2026
`

राष्ट्रिय दादुरा रूवेला खाेप अभियान विधिवत रूपमा सुरू

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपेश मल्लिक
जनकपुरधाम, फागुन १३ गते ।  राष्ट्रिय खोप कार्यक्रम २०८०–८१ दादुरा–रुबेला खोप अभियानको विधिवत रुपमा सुरुवात भएको छ । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आईतवार जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ बेला स्थित श्री राम लक्ष्मण रा.प्रा.विद्यालयमा उदघाटन तथा शुभारम्भ कार्यक्रम सञ्चालन गरिएको हो ।

उदघाटन कार्यक्रमको प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज कुमार साहले ९ महिना देखि १५ वर्ष सम्मको बालबालिकालाई दादुरा–रुबेला खोप लिनका लागि आग्रह गरे । नगर प्रमुख साहले फाल्गुन १३ गते देखि २१ गते सम्म जनकपुरधाम उपमहानगरपालिका भित्र खोप कार्यक्रम रहेकाे जानकारी दिए ।

मधेश स्वास्थ्य निर्देशनालयका निर्देशक राजिव झाले दादुरा–रुबेला विरुद्धको खोप अभियानमा तोकिएको तथा लक्षित समूहका बालबालिकाहरुलाई खोप लिनका लागि प्रेरित गरे । उनले कार्यक्रमको उद्देश्य बालबालिकाहरुमा दादुरा–रुबेला, धनुष्टंकार, अपाङता, पोलियो जस्ता रोगलाई नियन्त्रण, निवारण र उन्मुलन गर्नु जनाए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ का वडाध्यक्ष राघवेन्द्र प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका खोप अधिकृत लक्ष्मेश्वर झाले मधेश प्रदेशका आठ वटा जिल्लाहरुमा करिब १९ लाख बालबालिकाहरुलाई दादुरा–रुबेला खोप लगाइने लक्ष्य रहेको बताए । उनले मधेश प्रदेशमा कुल जम्मा खोप केन्द्र संख्या ११ हजार ३ सय ४६ रहेका जसमध्ये खोप कार्यकर्ता १५ हजार ५ सय ८४ तथा स्वयंसेवक संख्या १५ हजार ५ सय ८४ रहेका उल्लेख गरे ।

स्वास्थ्य निर्देशनालयका निमिति निर्देशक श्रवण कुमार नायकले दादुरा–रुबेला खोप अभियान बालबालिकाका लागि सुरक्षा कवचको रुपमा रहेकाे ध्यानाकर्षण गराए । उनले मधेश प्रदेशमा फागुन १३ गते देखि चैत्र ७ गते भित्रमा कार्यक्रम गर्ने कार्यतालिका रहेकाे जानकारी गराए ।

`
12 comments
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

10 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

11 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

11 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

2 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

2 दिन पहिले