
अन्तर कलेज क्रिकेट प्रतियोगिता फागुन १९ गतेबाट
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,फागुन १४ गते । जनकपुरधाममा फागुन १९ गते देखि दोस्रो अन्तर कलेज स्तरीय टि–२० क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ ।
खेलको फाइनल चैत्र १० गते हुने पनि आयोजकले जानकारी दिएको छ । क्रिकेट खेलको विकासका लागि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको एक सातापछि कलेज स्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
कूल १६ वटा टिमको सहभागिता रहने सो प्रतियोगिता लिग चरणको आधारमा खेलाउने आज जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक अम्बु प्रसाद साहले जानकारी दिनुभयो ।
जनकपुरधामको १२ विघा रंगभूमि मैदानमा हुने सो प्रतियोगिता १५ वर्षभन्दा माथि २३ वर्ष मुनिका खेलाडीहरू सहभागी रहने छन् ।
जनकपुर स्पोर्टस क्लब तथा न्यू भिजन नेपालको आयोजनामा हुने प्रतियोगिताले क्रिकेट खेलको विकासमा थप मद्दत पुग्ने विश्वास आयोजकको छ । प्रतियोगितामा छनौट चरण, क्वाटर सेमिफाइनल तथा फाइनल गरेर चार चरणमा प्रतियोगिता गराइने भएको पनि आयोजकले जनाएको छ ।
यस प्रतियोगिता लगतै क्लब तथा जिल्ला स्तरीय प्रतियोगिता गरेर क्रिकेटको नयाँ खेलाडीको पहिचान गरेर उनीहरूको थप क्षमताको विकास गर्ने लक्ष्य रहेको प्रतियोगिताका संयोजक साहले जानकारी दिनुभयो ।
मधेश प्रदेश क्रिकेटका कप्तान हरिशंकर साहले यस्ता प्रकारको प्रतियोगिताले खेलको विकासमा मद्दत पुग्ने बताउनुभयो । उहाँले यस्ता प्रकारको प्रतियोगिताहरू निरन्तर रुपमा भएको खण्डमा खेलको विकासमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
साभार : रेडियो नेपाल

भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको म..
काठमाडौं, साउन २० : भारत उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा मंगलबार भीषण बाढी आएको छ। मंगबार दिउँसाे एक्कास..
3 घन्टा पहिले
प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्क..
काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच ..
3 घन्टा पहिले
धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा
काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..
1 दिन पहिले
कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..
काठमाडौं ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..
1 दिन पहिले
बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..
काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..
3 दिन पहिले