Janakpurdham
Wed, Aug 27, 2025
`

तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु थलारीका खुन बहादुर श्रेष्ठको बर्षाका कारण घर उच्च जोखिममा

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
श्रावण २९, तामाकोशी । 
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु थलारीका खुन बहादुर श्रेष्ठको  बर्षाका कारण घर उच्च जोखिममा छ  । बस्दै आएको घर उच्च जोखिममा भएपछि उहाँले बस्दै आएको घर छोडेर छिमेकीको  घरमा आश्रय लिएर बस्नु भएको छ । 
यस बर्षको अविरल बर्षाको कारण उहाँको घर वरिपरि पहिरोले घेरीएको छ । घरमाथी, घरमुनी सवैतिर पहिरो गएपछि श्रेष्ठ चिन्तामा हुनुहुन्छ । निम्न आय भएका श्रेष्ठको अन्य कुनैपनि ठाउँमा घर बनाउँन योग्य जग्गा नभएको तामाकोशी गाउँपालिका वडा नम्वर ४ का वडा सदस्य यज्ञ बहादुर श्रेष्ठले बताउँनु भयो ।
'पहिले त पानि कम होला भनेर वडाबाट त्रिपाल उपलव्ध गराएका थियौ तर हिजोको पानीले थप क्षति गरेको छ । अव उहाँलाई अन्यन्त्र राख्नु पर्छ भनेर विहान अर्को घरमा सारेका छौ ' वडा सदस्य श्रेष्ठ बताउँनु हुन्छ ।
"घर बनाउँन योग्य जग्गा यत्ति हो । घर बनाएका थियौं त्यहि पनि वरिपरि पहिरो गयो । गरिव मान्छ के गर्ने होला अफैं छक्क पर्दछु" खुन बहादुर रुन्चे स्वरमा बताउँनु हुन्छ ।
घर बगाउँन आटेको छ । बाख्राको खोर पनि भत्कियो । घर वरिपरिको पहिरोले सवै चर्किएको छ । पानी पसेको छ । सुनाउँ कस्लाई सुनाउँ"  भन्दै रुन्चे स्वरमा आफन्तलाई फोन मार्फत भन्दै हुनुहुन्थ्यो उहाँको श्रीमती विन्दा श्रेष्ठ ।
यसपालिको पानीले तामाकोशी गाउँपालिका, मेलुङ गाउँपालिका, दोलखा, रामेछाप जिल्ला लगाएतका ठाउँमा धेरै क्षति गरेको छ ।

`
12 comments
मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

जलेश्वर (महोत्तरी),भदौ १० गते । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर..

1 दिन पहिले

जनकपुरधाममा राष्ट्रिय मुक्ति पार्टी धनुषा समितिको बैठक..

जनकपुरधाम, २०८२ भदौ ९ गते ।राष्ट्रिय मुक्ति पार्टी धनुषा जिल्ला समितिको दुई दिनदेखि चलिरहेको तयारी बैठक सोमबार स..

2 दिन पहिले

मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..

जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..

2 दिन पहिले

सुटकेसभित्र महिलाको शव

रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..

2 दिन पहिले

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले  प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..

4 दिन पहिले