शैक्षिक बहस कार्यक्रम सम्पन्न
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपक बस्नेत
असोज १, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु दोलखाको गोल्मेश्वर माध्यमिक विद्यालयको हलमा शैक्षिक बहस कार्यक्रम सम्पन्न भएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन कान्तिकारी तामाकोशी गाउँपालिका कमिटीको अयोजनामा "सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा देखिएको जटिलता" विषयक शैक्षिक बहस कायक्रम भएको हो ।
बहस कार्यक्रममा तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप के.सी., उपाध्यक्ष सृजना खड्का सुवेदी, वडा नम्बर ५ सहरेका वडा अध्यक्ष शम्भु फुयाँल, नेकपा माओवादी केन्द्रका बाग्मति प्रदेश संगठन विभगका सचिव उपेन्द्र प्रसाद अधिकारी, गोल्मेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यपक संजिव खड्का जवाफी वक्तामा रहनु भएको थियो । कार्यक्रममा पालिका भित्रका विभिन्न विद्यालयका विद्यार्थीले आ आफ्नो जिज्ञासा राख्नु भएको थियो ।
कार्यक्रमको सहजिकरण अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन कान्तिकारी दोलखाका सचिव विकल खड्काले गर्नु भएको थियो । बहस कार्यक्रम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन कान्तिकारी तामाकोशी गाउँ कमिटीका संयोजक देवेन्द्र भुजेलको अध्यक्षतामा भएको थियो ।
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..
14 घन्टा पहिले
कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..
14 घन्टा पहिले
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
2 दिन पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
2 दिन पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
3 दिन पहिले