Janakpurdham
Sat, Aug 08, 2026
`

श्री गोल्मेश्वर माध्यमिक विद्यालयको समाजिक परीक्षण कार्यक्रम सम्पन्न

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
असोज २, तामाकोशी ।
श्री गोल्मेश्वर माध्यमिक विद्यालयको समाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु दोलखामा रहेको गोल्मेश्वर माध्यमिक विद्यालयको आर्थिक बर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन, विद्यालयको भौतिक अवस्था, विद्यार्थी संख्या, शिक्षण सिकाई, विद्यालयको चुनौति लगाएतका विषय सामाजिक परिक्षणमा प्रस्तुत गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक संजिव खड्काले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा कार्यक्रमका प्रमुख अतिथी तामाकोशी गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष नारायण खड्का, विद्यालय व्यवस्थापन समिती अध्यक्ष हरिशंकर पोखरेल, नेकपा एमाले वडा कमिटी अध्यक्ष राजन पोखरेल, नेपाली कांग्रेसका वडा कमिटी उपसभापति यज्ञ बहादुर बस्नेत, नेकपा माओवादी केन्द्र मालुका अध्यक्ष तथा जनप्रतिनिधि खड्ग विक्रम खड्का, नेकपा एकिकृत समाजवादीका वडा कमिटी उपाध्यक्ष राम बहादुर बस्नेतले रचनात्मक सल्लाह सुझाव सहित शुभकामना व्यक्त गर्नु भएको थियो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका वडा अध्यक्ष नारायण खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सम्पुर्ण वक्ताले विद्यालयले सिकाईलाइ जोडदिनु पर्ने भनाई राख्नुभएको थियो । गाउँपालिकाको एक मात्र प्रविधिक शिक्षालय पनि रहेकाले यस्लाई सफल बनाउँनको लागि सम्पुर्ण सरोकारवाला पक्ष लाग्नु पर्नेमा वक्ताले जोड दिनु भयो ।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष तथा सामाजिक परिक्षण समिती संयोजक कुवेर प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका विषेस अतिथी तथा विद्यालय व्यवस्थापन समिती अध्यक्ष हरि श.कर पोखरेलले विद्यालय विकासको लागि आफुले विगतमा पनि विषेस भुमिका खेलेको र आगामि दिनमा पनि दत्तचित्त भएर लाग्ने बताउँनु भयो । कार्यक्रममा विद्यालका प्रतिनिधि अभिभावक, विद्यार्थी, राजनितिक दल, सरोकारवाला लगाएतको उपस्थिति रहेको थियो ।

`
12 comments
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..

14 घन्टा पहिले

कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..

14 घन्टा पहिले

भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

2 दिन पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

2 दिन पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

3 दिन पहिले