
समाजवाद निर्माणका लागि सामाजिक विभेदको अन्त्य गर्न जरुरी : अध्यक्ष यादव
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, चैत २० : समाजवादी मोर्चामा आबद्ध जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधान र अहिलेको व्यवस्था नै समाजवादको बाधक भएको टिप्पणी गरेका छन् ।
मंगलबार समाजवादी मोर्चाको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियामा यादवले वर्तमान शासकिय स्वरुपले समाजवाद निर्माण हुन नसक्ने बताएका हुन्।
‘अहिलेको संविधान र व्यवस्था नै समाजवादको पुरै वाधक छ । यसलाई संशोधन गरौं । अहिलेको शासकीय स्वरुपबाट समाजवाद हुनै सक्दैन । हेरिरहेका छौं नि तमासा त भइरहकै छ । यो निर्वाचन प्रणालीले पनि करोडौं खर्च गरेर बल्लतल्ल संसदमा पुग्छन् । तिनिहरुबाट समाजवादको आशा गर्ने ?’ उनले भने।
वर्तमान लोकतन्त्रलाई समावेशी र सहभागितामूलक लोकतन्त्रमा रुपान्तरण गर्नुपर्ने पनि उनको भनाइ छ ।
समाजवाद निर्माणका लागि सामाजिक असमानता, अन्याय र लैंगिक समस्याहरुलाई हल गर्न आवश्यक रहेको अध्यक्ष यादवले उल्लेख गरे ।
उनले भने, ‘नेपाल बहुराष्ट्रिय मुलुक हो । सबै वर्गको सहभागिता र उनीहरुको पहिचानलाई समाधान गरेर राज्यले वर्षौदेखि सिर्जना गरेका समाजवादलाई उखेलेर नफाल्दासम्म कस्तो खालको समाजवाद हुन्छ ? समाजवाद निर्माणका लागि सामाजिक विभेदको अन्त्य गर्न जरुरी छ । त्यस्तै आर्थिक विकास, समृद्धि र सुशासन महत्वपूर्ण पक्ष हुन्।’
साभार : काठमाडौं प्रेस

जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..
काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..
1 घन्टा पहिले
कांग्रेस कार्यवाहक सभापति खड्का भन्छन्– निर्वाचनको वात..
काठमाडौं, कात्तिक ४ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचनको वातावरण बने पार्टीले ..
1 घन्टा पहिले
प्रचण्डकी छोरी गंगा दाहालले दिइन् सचिवालयबाट राजीनामा
काठमाडौं, कात्तिक ३ : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट रा..
1 दिन पहिले
लक्ष्मी पूजामा झिलिमिली काठमाडौं
काठमाडौं, कात्तिक ३ : हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले सजिएको छ। तिहारमा झिल..
1 दिन पहिले
कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा
काठमाडौँ,कार्तिक ३ गते । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मी..
2 दिन पहिले