सुनसरीको इनरुवा आसपासमा कर्फ्यु
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
विराटनगर,चैत २३ गते । सुनसरीमा जारी झडपपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु जारी गरेको छ । सुनसरीको हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको केही घण्टा नबित्दै कर्फ्यु लगाएको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम आज साँझ ५ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी हुँदासम्मलाई प्रशासनले कर्फ्यु लगाएको हो ।
कायममुकायम प्रमुख जिल्ला अधिकारी बेदराज फुयाँलले जारी गरेको कर्फ्यु आदेशमा अत्यावश्यक काममा सुरक्षा निकायको समन्वयमा बाहेक आवतजावत गर्न, भेला हुन, सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा र्याली भेला तथा प्रदर्शन कुनै पनि कार्य नगर्न नगराउन भनिएको छ ।
इनरुवा नगरपालिका क्षेत्र, हरि नगर गाउँपालिका क्षेत्र, देवानगंज गाउँपालिका क्षेत्र, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यु जारी गरेको हो ।

बिहान सो क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । शुक्रवार मध्यान्न १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि हरिनगर गाउँपालिकाको सबै वडा र देवानगञ्जको १ र ७ नम्बर वडामा निषेधाज्ञा जारी भए पनि स्थानीयले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ ।
प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारी घाइते भएको स्थानीय सञ्चारकर्मी जुगेश बाबुले जानकारी दिए ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुडा प्रहार गरेपछि प्रहरीले गोली चलाएको बताइएको छ । सो क्रममा १६ जना प्रहरी र ७ जना प्रदर्शनकारी घाइते भएको जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ओम भट्टराईले जानकारी दिए । उनीहरूको विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको भट्टराईले बताए ।

बिहीबार एसइई परीक्षाको क्रममा हरिनगर गाउँपालिका वडा नम्बर १ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायबीच तनाव बढेको थियो । दुवै समूहका स्थानीयहरू झडपमा उत्रिएपछि शुक्रबार बिहानैबाट तनाव सृजना भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
साभार : नेपाल प्रेस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
19 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
19 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
2 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
3 दिन पहिले