Janakpurdham
Thu, Aug 06, 2026
`

मुस्लिम धर्मावलम्वीको महान पर्व रमजान (इद–उल–फित्र) हर्ष र उत्साहका साथ एक अर्कामा शुभकामना साटासाट

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,चैत २९ गते ।  मुस्लिम धर्मावलम्वीको महान पर्व रमजान (इद–उल–फित्र) हर्ष र उत्साहका साथ एक अर्कामा शुभकामना साटासाट गरेर मनाइरहेका छन् ।

१ महिनाको कठोर उपवासपछि आजको दिन मुस्लिम धर्मावलम्वीहरुले हर्षोल्लासका साथ अल्लाहको प्रार्थाना गरेर मनाइरहेका छन् । ईदको अवसरमा बिहानै राजधानीको घण्टाघरस्थित कास्मिरी मस्जिद र रत्नपार्कस्थित जामे मस्जिदमा ठूलो संख्यामा इस्लाम धर्मावलम्बीहरु पुगेर नमाज पाठमा सहभागी भएका छन्। ठाउँ नपाएर कतिपय बाहिरै बसेर प्राथना गरेका छन् ।

 देशभरका मस्जिदमा प्रार्थना गर्ने र एकअर्कासँग शुभकामना साटासाट गर्नेहरुको घुइँचो लागेको छ । उनीहरुले आपसमा अंगालो हाल्दै इद मुबारकको शुभकामना दिइरहेका छन् ।

अरवी पात्रो अनुसार हरेक वर्षको नवौं महिनामा एक महिनासम्म रोना (व्रत) बसेर दशौं महिनाको पहिलो दिन इद–उल–फित्र मनाउने परम्परा छ । अहिले हिजरी सम्वत १४४२ हो । मुस्लिम धर्मग्रन्थ कुरान यही महिनामा लेखिएकाले ब्रत बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।

दान दिनु, गरीवको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । ब्रतको अन्तिम दिन बुधबार चन्द्रमा नदेखिएकाले इद’ बिहीबार मनाएका हुन् ।

यो पर्वमा मुलसलमानहरूले विशेष परिकार बिरयानी, पुलाउ, सेबइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्दछन् । आजको दिन व्रतालुले एक महिना लामो कठिन व्रत समापनको अवसरमा नमाज पढेर एकआपसमा शुभकामना आदानप्रदान गरी दीनदुःखीका लागि दान गर्ने गर्दछन्।

इद उलफित्रको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

साभार : नेपाल प्रेस

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

19 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

19 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

3 दिन पहिले