Janakpurdham
Thu, Sep 18, 2025
`

मुस्लिम धर्मावलम्वीको महान पर्व रमजान (इद–उल–फित्र) हर्ष र उत्साहका साथ एक अर्कामा शुभकामना साटासाट

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,चैत २९ गते ।  मुस्लिम धर्मावलम्वीको महान पर्व रमजान (इद–उल–फित्र) हर्ष र उत्साहका साथ एक अर्कामा शुभकामना साटासाट गरेर मनाइरहेका छन् ।

१ महिनाको कठोर उपवासपछि आजको दिन मुस्लिम धर्मावलम्वीहरुले हर्षोल्लासका साथ अल्लाहको प्रार्थाना गरेर मनाइरहेका छन् । ईदको अवसरमा बिहानै राजधानीको घण्टाघरस्थित कास्मिरी मस्जिद र रत्नपार्कस्थित जामे मस्जिदमा ठूलो संख्यामा इस्लाम धर्मावलम्बीहरु पुगेर नमाज पाठमा सहभागी भएका छन्। ठाउँ नपाएर कतिपय बाहिरै बसेर प्राथना गरेका छन् ।

 देशभरका मस्जिदमा प्रार्थना गर्ने र एकअर्कासँग शुभकामना साटासाट गर्नेहरुको घुइँचो लागेको छ । उनीहरुले आपसमा अंगालो हाल्दै इद मुबारकको शुभकामना दिइरहेका छन् ।

अरवी पात्रो अनुसार हरेक वर्षको नवौं महिनामा एक महिनासम्म रोना (व्रत) बसेर दशौं महिनाको पहिलो दिन इद–उल–फित्र मनाउने परम्परा छ । अहिले हिजरी सम्वत १४४२ हो । मुस्लिम धर्मग्रन्थ कुरान यही महिनामा लेखिएकाले ब्रत बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।

दान दिनु, गरीवको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । ब्रतको अन्तिम दिन बुधबार चन्द्रमा नदेखिएकाले इद’ बिहीबार मनाएका हुन् ।

यो पर्वमा मुलसलमानहरूले विशेष परिकार बिरयानी, पुलाउ, सेबइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्दछन् । आजको दिन व्रतालुले एक महिना लामो कठिन व्रत समापनको अवसरमा नमाज पढेर एकआपसमा शुभकामना आदानप्रदान गरी दीनदुःखीका लागि दान गर्ने गर्दछन्।

इद उलफित्रको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

साभार : नेपाल प्रेस

`
12 comments
Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..

जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..

6 घन्टा पहिले

मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..

काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..

20 घन्टा पहिले

कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हल..

काठमाडौं ,भदौ ३१ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुक..

20 घन्टा पहिले

मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..

काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..

2 दिन पहिले

जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्मानमा असोज १ गते ..

काठमाडौं, भदाै ३० : नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर..

2 दिन पहिले