Janakpurdham
Fri, Jul 10, 2026
`

काठमाडौंमा स्वचालित विधिबाट कक्षा १२ का परीक्षा केन्द्र तोकिए

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, वैशाख ६ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का लागि काठमाडौं जिल्लाका परीक्षा केन्द्र तोक्दा आधुनिक प्रविधि प्रयोग गरेको छ। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीहरूलाई विभिन्न हैरानी दिने गुनासो आएकोमा हुने समस्या समाधान गर्न परीक्षा केन्द्र स्वचालित (र्‍याण्डम) प्रक्रियाबाट तोक्न निर्देशन दिएकी थिइन्। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा एक सफ्टवेयर बनाई पहिलो पटक काठमाडौं जिल्लाका परीक्षा केन्द्र स्वचालित (र्‍याण्डम) विधिबाट छानिएको हो। 
हरेक विद्यालयका परीक्षार्थीको संख्या र परीक्षा केन्द्रको सिट संख्याको आधारमा विद्यालय र केन्द्रको दूरी निकालिएको थियो। विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको थियो। एकै विद्यालयको परीक्षार्थी संख्या हेरी सकभर औसतमा १ सय ५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्नेगरी बाँडिएको छ। 

एउटै सञ्चालक भएका विद्यालयहरूमा केन्द्र नपर्नेगरि छनोट गरिएको थियो भने दुई परस्पर विद्यालयका परीक्षार्थीको केन्द्र एक अर्काकोमा पनि नपर्नेगरि व्यवस्था गरिएको छ। विगतका वर्षहरूमा कुनै विद्यालयको कुनै परीक्षा केन्द्रमा केही समस्या परेको भनी गुनासो आएको ठाउँ केन्द्र नदोहोरिने गरी छनोट गरिएको छ।

प्रत्येक पटक परीक्षा केन्द्र तोक्न प्रोग्राम चलाउँदा फरक फरक नतिजा आउने गरी ‘र्‍यान्डमाइज’ गरिएको छ। यो सफ्टवेयर र विधि ओपन सोर्स गरी ‘गिटहब’मा राखिएको छ। ओपन सोर्सको मान्यता अनुरूप प्रक्रिया पारदर्शी रूपमा राखिएको यसलाई अझै सबल र पूर्ण स्वचालित बनाउन सुझाव दिन समेत आह्वान गरिएको छ।  
यस विधिबाट परीक्षा केन्द्र तोकिँदा परीक्षा केन्द्र किनबेच हुने कुरा निरुत्साहित हुनेछ भने परीक्षा केन्द्रलाई पनि सहजीकरण गर्न सजिलो हुनेछ। विस्तारै देशभरि परीक्षा केन्द्र तोक्न यही विधि प्रयोगमा ल्याइनेछ। 

साभार : काठमाडौं प्रेस

`
12 comments
‘गणेश नेपालीको घटनाले समाज र राज्यलाई झस्काएको छ’

काठमाडौं, असार २६ : नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति दुःख व्यक्त गर्द..

3 मिनट पहिले

गणेश नेपाली प्रकरणमा गृहमन्त्रीले सोधे– घटनास्थलमा कुन..

काठमाडौं, असार २६ : गृहमन्त्री सुधन गुरुङ प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा भावुक बनेका छन् । रा..

6 मिनट पहिले

अस्ट्रेलिया र भारतबिच युरेनियम निर्यात सम्झौता

एजेन्सी, असार २५ गते ।अस्ट्रेलिया र भारतबिच अस्ट्रेलियाली युरेनियम भारतलाई निर्यात गर्ने महत्त्वपूर्ण सम्झौता..

1 दिन पहिले

इरानी आक्रमणपछि खसेको भग्नावशेषबाट कुवेतमा एक जना घाइत..

एजेन्सी, असार २५ गते ।  इरानले कुवेततर्फ प्रहार गरेका क्षेप्यास्त्र र ड्रोनलाई अवरोध गर्ने क्रममा खसेको भग्न..

1 दिन पहिले

ट्रेलर सार्वजनिकपछि चर्चामा ‘गौँथली’, शिक्षाबाट वञ्चित..

काठमाडौं, असार २५ : आगामी साउन १ गतेदेखि नेपाली फिल्म ‘गौँथली’ प्रदर्शन हुँदैछ । झन्डै २५ वर्ष अगाडि प्रदर्शन..

1 दिन पहिले