
काठमाडौंमा स्वचालित विधिबाट कक्षा १२ का परीक्षा केन्द्र तोकिए
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, वैशाख ६ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का लागि काठमाडौं जिल्लाका परीक्षा केन्द्र तोक्दा आधुनिक प्रविधि प्रयोग गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीहरूलाई विभिन्न हैरानी दिने गुनासो आएकोमा हुने समस्या समाधान गर्न परीक्षा केन्द्र स्वचालित (र्याण्डम) प्रक्रियाबाट तोक्न निर्देशन दिएकी थिइन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा एक सफ्टवेयर बनाई पहिलो पटक काठमाडौं जिल्लाका परीक्षा केन्द्र स्वचालित (र्याण्डम) विधिबाट छानिएको हो।
हरेक विद्यालयका परीक्षार्थीको संख्या र परीक्षा केन्द्रको सिट संख्याको आधारमा विद्यालय र केन्द्रको दूरी निकालिएको थियो। विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको थियो। एकै विद्यालयको परीक्षार्थी संख्या हेरी सकभर औसतमा १ सय ५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्नेगरी बाँडिएको छ।
एउटै सञ्चालक भएका विद्यालयहरूमा केन्द्र नपर्नेगरि छनोट गरिएको थियो भने दुई परस्पर विद्यालयका परीक्षार्थीको केन्द्र एक अर्काकोमा पनि नपर्नेगरि व्यवस्था गरिएको छ। विगतका वर्षहरूमा कुनै विद्यालयको कुनै परीक्षा केन्द्रमा केही समस्या परेको भनी गुनासो आएको ठाउँ केन्द्र नदोहोरिने गरी छनोट गरिएको छ।
प्रत्येक पटक परीक्षा केन्द्र तोक्न प्रोग्राम चलाउँदा फरक फरक नतिजा आउने गरी ‘र्यान्डमाइज’ गरिएको छ। यो सफ्टवेयर र विधि ओपन सोर्स गरी ‘गिटहब’मा राखिएको छ। ओपन सोर्सको मान्यता अनुरूप प्रक्रिया पारदर्शी रूपमा राखिएको यसलाई अझै सबल र पूर्ण स्वचालित बनाउन सुझाव दिन समेत आह्वान गरिएको छ।
यस विधिबाट परीक्षा केन्द्र तोकिँदा परीक्षा केन्द्र किनबेच हुने कुरा निरुत्साहित हुनेछ भने परीक्षा केन्द्रलाई पनि सहजीकरण गर्न सजिलो हुनेछ। विस्तारै देशभरि परीक्षा केन्द्र तोक्न यही विधि प्रयोगमा ल्याइनेछ।
साभार : काठमाडौं प्रेस

काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने
काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..
43 मिनट पहिले
ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्न..
जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु ..
45 मिनट पहिले
सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..
काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..
24 घन्टा पहिले
जागौं देशवासी! भ्रष्टाचार र छलकपटबाट मुक्ति लिऔं!
–डा. राजीव झा, उपाध्यक्ष, राष्ट्रिय मुक्ति पार्टीनेपालमा अहिले देखिएको राजनीतिक संकट नयाँ होइन। दशकौंयता कांग्..
1 दिन पहिले
आलोचना सहन नसकेर इगोका कारण सरकारले सामाजिक सञ्जाल बन्द ..
काठमाडौं, भदौ २१ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रवक्ता मनिष झाले सामाजिक सन्जालमा भएको आलोचना सहन न..
1 दिन पहिले