Janakpurdham
Tue, Aug 05, 2025
`

नेपाल शिक्षक महासंघ धनुषाकाे प्रथम अधिवेशनले यादवकाे नेतृत्वमा नव कार्य समिति चयन गरे

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

 

दिपेश मल्लिक 

 जनकपुरधाम, बैशाख ६ गते ।  शिक्षकहरुको छाता संगठनको रुपमा रहेको नेपाल शिक्षक महासंघ धनुषाको प्रथम जिल्ला अधिवेशन तथा पदसोपान घोषणा सभा कार्यक्रम भएको छ ।

जिल्ला निर्वाचन समिति नेपाल शिक्षक महासंघ धनुषाको आयोजनामा बिहिवार सुरेश कुमार यादवको नेतृत्वमा जिल्ला कार्यसमिति चयन गरिएको हो ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका पदेन सदस्य एवं प्रमुख अतिथि कुमोद कुमार सिंहले केन्द्रिय अधिवेशन नहुनको लागि चलखेल भईरहेकोले सचेत हुन आग्रह गरे । 

राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष सिंहले अन्य जिल्लाहरुमा अधिवेशन गर्न जरुरी रहेकोले नेतृत्वलाई घचघचाउन ध्यानाकर्षण गराए । 

उनले शिक्षक महासंघ धनुषाका निर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै कार्यसफलताको शुभमकामना व्यक्त गरे । 

उनले शिक्षक महासंघको विधानको पूर्णपालना गर्न निर्देशन दिदै आवद्ध संस्थाहरुको हक हितका लागि प्रतिवद्ध भई अगाडि बढ्न निर्देशन दिए । 

उनले केन्द्रको अभेलना जिल्लाले गर्नुहुदैन केन्द्रिय समितिलाई बचाउनको लागि कुनै प्रकारकाे चुक नगर्न सुझाव दिए । 

नेपाल शिक्षक महासंघ धनुषाकाे नव गठित कार्यसमिती खुल्ला सह-सचिवमा जय कुमार यादव, संस्थागत सह-सचिवमा श्रीप्रसाद यादव , राजु साह, सुनिल कुमार साह रहेका छन् ।

त्यस्तै सदस्यहरुमा हरिनारायण अधिकारी, रामपदारथ साह , नवेश्वर ठाकुर , श्याम यादव, दिलिप यादव, देव कुमार यादव र मनोज कुमार यादव रहेकाे छ ।

 संघीय महाधिवेशन प्रतिनिधिमा मेघनाथ यादव, रामस्निेही यादव, महावीर दास, रामकुमार सिंह र रामस्नेही माझी रहेको छ । 

त्यस्तै प्रदेश अधिवेशन प्रतिनिधिमा रामइश्वर यादव र आशा यादव रहेका छन् । 

नेपाल शिक्षक महासंघको केन्द्रिय सदस्य छोटेलाल प्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक संघ धनुषाको वर्तमान सल्लाहकार एवं शिक्षक नेता मेघनाथ यादव, नेपाल ट्रेड युनियन कांग्रेस धनुषाका अध्यक्ष महावीर दास, नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष रामस्निेही यादव, नेपाल शिक्षक युनियन राष्ट्रिय समितिका पुर्व महासचिव चुन्नीशरण यादव लगायतका व्यक्तिहरुले आ–आफ्ना मन्तव्य प्रकट गरेको छन् ।

`
12 comments
धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा

काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..

5 घन्टा पहिले

कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..

काठमाडौं  ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..

5 घन्टा पहिले

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

2 दिन पहिले

लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..

काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..

2 दिन पहिले

‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’

काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..

3 दिन पहिले