नेपाल शिक्षक महासंघ धनुषाकाे प्रथम अधिवेशनले यादवकाे नेतृत्वमा नव कार्य समिति चयन गरे
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपेश मल्लिक
जनकपुरधाम, बैशाख ६ गते । शिक्षकहरुको छाता संगठनको रुपमा रहेको नेपाल शिक्षक महासंघ धनुषाको प्रथम जिल्ला अधिवेशन तथा पदसोपान घोषणा सभा कार्यक्रम भएको छ ।
जिल्ला निर्वाचन समिति नेपाल शिक्षक महासंघ धनुषाको आयोजनामा बिहिवार सुरेश कुमार यादवको नेतृत्वमा जिल्ला कार्यसमिति चयन गरिएको हो ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका पदेन सदस्य एवं प्रमुख अतिथि कुमोद कुमार सिंहले केन्द्रिय अधिवेशन नहुनको लागि चलखेल भईरहेकोले सचेत हुन आग्रह गरे ।
राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष सिंहले अन्य जिल्लाहरुमा अधिवेशन गर्न जरुरी रहेकोले नेतृत्वलाई घचघचाउन ध्यानाकर्षण गराए ।
उनले शिक्षक महासंघ धनुषाका निर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै कार्यसफलताको शुभमकामना व्यक्त गरे ।
उनले शिक्षक महासंघको विधानको पूर्णपालना गर्न निर्देशन दिदै आवद्ध संस्थाहरुको हक हितका लागि प्रतिवद्ध भई अगाडि बढ्न निर्देशन दिए ।
उनले केन्द्रको अभेलना जिल्लाले गर्नुहुदैन केन्द्रिय समितिलाई बचाउनको लागि कुनै प्रकारकाे चुक नगर्न सुझाव दिए ।
नेपाल शिक्षक महासंघ धनुषाकाे नव गठित कार्यसमिती खुल्ला सह-सचिवमा जय कुमार यादव, संस्थागत सह-सचिवमा श्रीप्रसाद यादव , राजु साह, सुनिल कुमार साह रहेका छन् ।
त्यस्तै सदस्यहरुमा हरिनारायण अधिकारी, रामपदारथ साह , नवेश्वर ठाकुर , श्याम यादव, दिलिप यादव, देव कुमार यादव र मनोज कुमार यादव रहेकाे छ ।
संघीय महाधिवेशन प्रतिनिधिमा मेघनाथ यादव, रामस्निेही यादव, महावीर दास, रामकुमार सिंह र रामस्नेही माझी रहेको छ ।
त्यस्तै प्रदेश अधिवेशन प्रतिनिधिमा रामइश्वर यादव र आशा यादव रहेका छन् ।
नेपाल शिक्षक महासंघको केन्द्रिय सदस्य छोटेलाल प्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक संघ धनुषाको वर्तमान सल्लाहकार एवं शिक्षक नेता मेघनाथ यादव, नेपाल ट्रेड युनियन कांग्रेस धनुषाका अध्यक्ष महावीर दास, नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष रामस्निेही यादव, नेपाल शिक्षक युनियन राष्ट्रिय समितिका पुर्व महासचिव चुन्नीशरण यादव लगायतका व्यक्तिहरुले आ–आफ्ना मन्तव्य प्रकट गरेको छन् ।
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
14 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
14 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
2 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक