Janakpurdham
Tue, Aug 05, 2025
`

मटिहानीका आगलागी प्रभावितलाई भाँडाकुँडा सहयोग

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम , १६ गते बैसाख ।गत बैसाख १२ गते महोत्तरीको मटिहानी नगरपालिका ६ जरलहवा बस्तीमा भएका आगलागी प्रभावित रुर प्रभाबित परिवारलाई जनही प्रेसर कुकर एक थान, डेकची एक थान, कढाई एक थान, डाडु एक थान, गिलास ६ थान, थाली ६ थान, कचौडा ६ थान, प्लाष्टिकको बाल्टिन एक थान वितरण गरिएको राष्ट्रिय कृषक समुह महासंघका मधेश प्रदेश अध्यक्ष दिपक कुमार ठाकुरले जानकारी दिनुभयो ।

आगलगीबाट प्रभावित भएका सो बस्तीका मुस्लिम तथा दलितहरुलाई अन्य संघसंस्थाहरुले खानेकुरा लगायतका सामानहरु सहयोग गरिरहेपनि खुल्ला आकाश मुनी बाच्न बाध्य भएका उनिहरुलाई तत्काल घरको आवश्यक्ता रहेका छन् । आगलगीले पुर्ण रुपमा एक सय ७ वटा घर जलेकाले ति घरमा बसोबास गर्ने बृद्ध, महिला तथा बालबालिकाहरुलाई थप समस्या भइरहेको छ ।

उनिहरुलाई खान,बस्न तथा औषधिउपचारको आवश्यक्ता रहेको आगलगी प्रभावित स्थानीय मो. सफिक अन्सारीले बताए ।मानवीय सहायता साझेदार मञ्चले विगत पाँच वर्ष देखि मानवीय सहायता क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुको सामुहिकतामा मानवीय सहायता साझेदारी मञ्च गठन गरि सहयोग गर्दै आएका छन् । सो राहत वितरणमा राष्ट्रिय कृषक समुह महासंघका मधेश प्रदेशका विभिन्न जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

`
12 comments
धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा

काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..

3 घन्टा पहिले

कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..

काठमाडौं  ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..

3 घन्टा पहिले

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

2 दिन पहिले

लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..

काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..

2 दिन पहिले

‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’

काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..

3 दिन पहिले