Janakpurdham
Sat, Aug 23, 2025
`

रास्वपाका मिलन लिम्बुसहित १६ उम्मेदवारको जमानत जफत, मिसन–०८४ मा ब्रेक

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, वैशाख १८ ।  इलाम–२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्थात् घण्टीका उम्मेदवार मिलनकुमार लिम्बुसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ । गत निर्वाचनअघि सञ्चारकर्ममा हासिल गरेको लोकप्रियतालाई दल खोलेर निर्वाचनबाट मतमा परिणत गराएका रवि लामिछानेको दल रास्वपा अहिले सत्तामा छ । 

आम निर्वाचनलगत्तै भएको भएको उपनिर्वाचनमा तनहुँ र चितवन दुई ठाउँबाट जितेर हौसिएका लामिछानेको दल यसपटक इलाम–२ मा भने जमानत समेत जोगाउन नसक्ने स्थितिमा देखिएको हो । इलामको परिणामले पहाडी जिल्लाहरूमा घण्टीको प्रभाव कम रहेको पुष्टि समेत गरेको छ । 

लामिछाने हाल सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत छन् । उपनिर्वाचनमा पत्रकारितामै सक्रिय रहेका मिलन लिम्बुलाई उम्मेदवार बनाएर लामिछाने आफैँ पटक–पटक इलाम पुगेका थिए । लामिछानेसहित रास्वपाका सांसदहरू इलाम पुग्दा उनीहरूमाथि सर्वसाधारण सेलिब्रेटीको पछि लागेझँै झुम्मिएका थिए । तर निर्वाचनमा भने रास्वपाले १० प्रतिशत मत समेत ल्याउन सकेन । रास्वपाका उम्मेदवार लिम्बुको जमानत जफत भएको छ । यसले रास्वपाको मिसन–२०८४ मा ब्रेक लगाएको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ ले निर्वाचनमा सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । इलाम–२ को उपनिर्वाचनमा लिम्बुसहित १६ जना उम्मेदवारको जमानत जफत हुने अन्तिम मतपरिणामले देखाएको छ । 

निर्वाचन आयोगका अनुसार १० जना उम्मेदवारले १०० मत पनि कटाउन सकेनन् । नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले ४०८, मंगोल नेशनल अर्गनाइजेसनका मनिकुमार लिम्बुले ८१६, राप्रपाका लक्ष्मी गुरुङले ४०४ र जनमतका प्रेमकुमार थाम्सुहाङले ११८ मत मात्रै पाएका छन् । 

Screenshot-2024-04-30-070919-1714441824.jpg

 

 

साभार : काठमाडौं प्रेस

`
12 comments
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..

1 दिन पहिले

सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..

2 दिन पहिले

म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..

काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..

2 दिन पहिले

संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..

काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..

3 दिन पहिले

‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’

काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..

3 दिन पहिले