Janakpurdham
Tue, Sep 22, 2026
`

रास्वपाका मिलन लिम्बुसहित १६ उम्मेदवारको जमानत जफत, मिसन–०८४ मा ब्रेक

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, वैशाख १८ ।  इलाम–२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्थात् घण्टीका उम्मेदवार मिलनकुमार लिम्बुसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ । गत निर्वाचनअघि सञ्चारकर्ममा हासिल गरेको लोकप्रियतालाई दल खोलेर निर्वाचनबाट मतमा परिणत गराएका रवि लामिछानेको दल रास्वपा अहिले सत्तामा छ । 

आम निर्वाचनलगत्तै भएको भएको उपनिर्वाचनमा तनहुँ र चितवन दुई ठाउँबाट जितेर हौसिएका लामिछानेको दल यसपटक इलाम–२ मा भने जमानत समेत जोगाउन नसक्ने स्थितिमा देखिएको हो । इलामको परिणामले पहाडी जिल्लाहरूमा घण्टीको प्रभाव कम रहेको पुष्टि समेत गरेको छ । 

लामिछाने हाल सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत छन् । उपनिर्वाचनमा पत्रकारितामै सक्रिय रहेका मिलन लिम्बुलाई उम्मेदवार बनाएर लामिछाने आफैँ पटक–पटक इलाम पुगेका थिए । लामिछानेसहित रास्वपाका सांसदहरू इलाम पुग्दा उनीहरूमाथि सर्वसाधारण सेलिब्रेटीको पछि लागेझँै झुम्मिएका थिए । तर निर्वाचनमा भने रास्वपाले १० प्रतिशत मत समेत ल्याउन सकेन । रास्वपाका उम्मेदवार लिम्बुको जमानत जफत भएको छ । यसले रास्वपाको मिसन–२०८४ मा ब्रेक लगाएको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ ले निर्वाचनमा सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । इलाम–२ को उपनिर्वाचनमा लिम्बुसहित १६ जना उम्मेदवारको जमानत जफत हुने अन्तिम मतपरिणामले देखाएको छ । 

निर्वाचन आयोगका अनुसार १० जना उम्मेदवारले १०० मत पनि कटाउन सकेनन् । नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले ४०८, मंगोल नेशनल अर्गनाइजेसनका मनिकुमार लिम्बुले ८१६, राप्रपाका लक्ष्मी गुरुङले ४०४ र जनमतका प्रेमकुमार थाम्सुहाङले ११८ मत मात्रै पाएका छन् । 

Screenshot-2024-04-30-070919-1714441824.jpg

 

 

साभार : काठमाडौं प्रेस

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

14 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

14 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले