भाजपाको चुनावी अभियानमा नेपालका पाँच दललाई निम्तो, कुन पार्टीबाट को जाँदैछन् ?
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, वैशाख १९ गते । भारतमा जारी लोकसभा निर्वाचनका क्रममा सत्तारुढ भारतीय जनता पार्टीले आफ्नो चुनावी अभियान अवलोकन गराउन नेपालसहित विभिन्न देशका १८ वटा राजनीतिक पार्टीलाई दिल्लीमा निम्ता दिएको छ ।
भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत ‘नो बिजेपी’ (know BJP)अर्थात भाजपाबारे बुझाउने उद्देश्यले यी दलका नेताहरुलाई दिल्लीमा स्वागत गर्न लागिएको भाजपाका विदेश विभाग इन्चार्ज डा.बिजय चौथाइवालेले विज्ञप्तिमार्फत जनाएका छन् ।
नेपालबाट यस कार्यक्रमका लागि नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई निम्ता गरिएको छ । आजै उनीहरुले बिजेपी मुख्यालयमा भाजपा अध्यक्ष जेपी नड्डासँग भेट्नेछन् ।
यसक्रममा भारतीय विदेश मन्त्री एस जयशंकर र रेलवे मन्त्री अश्विनी बैष्णवसँग पनि अन्तरक्रिया गर्ने भाजपाले जनाएको छ । उनीहरुलाई बिजेपीको चुनावी अभियान र उसको रणनीतिसहित समग्र चुनावी प्रक्रियाबारे ब्रिफिङ गर्ने कार्यक्रम रहेको चौथाइवालेले जनाएका छन् ।
नेपालबाट कांग्रेसका उदय शमसेर जबरा,एमालेका उपमहासचिव बिष्णु रिमाल,माओवादी केन्द्रका नेता मात्रिका यादव,रास्वपाका शिशिर खनाल र जनमत पार्टीबाट डा.जयकान्त राउत यस कार्यक्रममा सहभागी हुने बताइएको छ ।
कार्यक्रममा भियतनामको सत्तारुढन कम्युनिस्ट पार्टीसहित विभिन्न देशका दलहरुका प्रतिनिधिहरु सामेल छन् । उनीहरुलाई विभिन्न राज्यमा भइरहेका चुनावी अभियानमा समेत अवलोकन गराइने छ ।

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
14 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
14 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
2 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक