Janakpurdham
Fri, May 17, 2024
`

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

15 दिन पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ, वैशाख २० : आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका  साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले  हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । 

यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्ने भएको छ । सोही समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा  योगदान गरेका व्यक्ति तथा सङ्घसंस्था मध्येबाट सर्वोत्कृष्टलाई  पुरस्कार प्रदान गर्ने कार्यक्रम छ । 

सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवं प्रवर्द्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । सूचना प्रविधिको विकास र प्रयोगमार्फत मुलुकको सामाजिक–आर्थिक रुपान्तरण गर्ने योजनामा सरकार रहेको  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएका छन् । उनले सूचना प्रविधिको माध्यमबाट समृद्धिको आधार तयार गर्न  सकिन्छ भन्नेमा विश्वासका साथ सरकार यस क्षेत्रको विकासका लागि दृढता साथ अघि बढेको बताए । 

“यसअघि कृषि, पर्यटन र ऊर्जालाई समृद्धिका आधार भन्थ्यौँ, पछिल्लो समय सूचना प्रविधि पनि थपिएको छ, युवा वर्गमा पनि सञ्चार तथा सूचना प्रविधिको अधिकतम उपयोग गरेर राष्ट्रलाई विकासको बाटोमा अग्रसर गराउन सकिन्छ भन्ने विश्वास र देशका लागि केही गर्नुपर्छ भन्ने उत्साह  छ”, मन्त्री शर्माले भने, “यसलाई सहजीकण गर्ने उद्देश्यका साथ सरकार क्रियाशील छ । ”

साभार : काठमाडौं प्रेस

`
12 comments
सचिवमा बढुवा भए लेखनाल पौड्याल र राजेन्द्रप्रसाद मिश्र

काठमाडौं, जेठ ३ : सहजसचिवद्वय लोकनाथ पौड्याल र राजेन्द्रप्रसाद मिश्र सचिवामा बढुवा भएका छन्। बिहीबार बसेको मन्त..

16 घन्टा पहिले

संसदीय समिति बनाउन सत्ता घटक जिम्मेवार नदेखिएपछि कांग्..

काठमाडौं, जेठ ३ : सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविनका लागि सत्ताधारी द..

16 घन्टा पहिले

धनुषा तथा महोत्तरीका चार पालिकामा डिप बोरिङ, २ सय हेक्टर..

जनकपुरधाम,जेठ ३ गते ।  धनुषा तथा महोत्तरी जिल्लाको दक्षिणी भेगमा सिँचाइका लागि पानीको अभाव भएपछि खाद्य तथा पोषण..

17 घन्टा पहिले

एसडिआरसीले गरे जीएसएस प्रोजेक्टको अनुगमन गरियो

जनकपुरधाम जेठ २ गते । धनुष जिल्लाको विदेह नगरपालिका तथा जनकनन्दिनी गाउँपालिकामा संचालित गल्र्स स्टेन्डिङ स्ट्र..

2 दिन पहिले

‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन कार्यान्वयनमा तीनै तहका सरक..

जनकपुरधाम ,जेठ २ गते ।  नेपालमा वर्षेनी ज्येष्ठ नागरिकको सङ्ख्यामा वृद्धि भएसँगै ज्येष्ठ नागरिक प्रतिको आदर सम..

2 दिन पहिले